बम काण्डका फरार अभियुक्तलाई पक्राउ गर्न अभियुक्त आलमको घरमा प्रहरीको छापा !

बम काण्डका फरार अभियुक्तलाई पक्राउ गर्न अभियुक्त आलमको घरमा प्रहरीको छापा !

रौतहट,जेष्ठ ९
 राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री आफताब आलम पक्राउ परेपछि घट्नामा संलग्न रहेका थप अभियुक्तलाई पक्राउ गर्न अभियुक्त सांसद अफताब आलमको घरमा प्रहरीले मध्य रात छापा मारेको छ । बम काण्डको लामो समय पछि पक्राउ परेको आलमको जिल्ला अदालत गौरमा ८ दिनको लामो बहस पछि आलमलाई दोषी ठहर गरि पुर्वपक्षका करागार चलान गरेको थियो। गत असोज २६ गते अभियुक्त आलमलाई प्रहरीले पक्राउ गरेको थियो। रौतहटको फरदवामा बाह्र वर्ष अगाडि भएको घटनाको बम विष्फोट, कर्तव्यब्य ज्यान र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा आलमलाई पूर्पक्षको लागि कारागार चलान गर्न आदेश गरेको जिल्ला अदालत रौतहटले सुनाएको थियो।

भने अभियुक्त आलमको भाइ महताब आलम सहित अन्य फरार अभियुक्तलाई पक्राउ गर्न अदालतले प्रहरीलाई आदेश दिएको थियो।सोही बमकाण्डका फरार अभियुक्त महताब आलम आफ्नो भाईको घरमा लुकेर बसेको खबर प्रहरीलाई मिल्न साथ पक्राउ गर्न प्रहरीले बिहीबार राति १२ बजे राजपुरमा रहेको आफताब आलमको घरमा पुगेको प्रहरी उपरीक्षक रविराज खड्काले बताएका छन्।

महतावलाई पक्राउ गर्न गएका प्रहरीहरु माथी स्थानीयले हातपात गर्न खोज्दा स्थिति समान्य बनाउन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको प्रहरी उपरीक्षक खड्काले बताए। अभियुक्त आलमको घरमा खोज तलास गर्दा फरार अभियुक्त महताब आलम फेला परेनन्’ उनले भने ‘फरार रहेका सबैको खोजी कार्य जारी नै छ।’राजपुर बमकाण्ड घटनाका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साह लयायतका व्यक्ति प्रहरीको फरार सूचीमा रहेका छन् ।

मध्यरातमा प्रहरीले गरेको खानतलासीको स्थानीयले विरोध गरेका थिए। पहिलो संविधान सभाको चुनावको बुथ कब्जा गर्न सो बम बनाउँदै थिए। बम बनाई रहेको ठाउँमै बम बिस्पोट हुँदा दर्जनौं ब्यक्ति घाईते भएका थिए।सो बम काण्ड पछि रौतहटमा १५ जना प्रहरी उपरीक्षक सरुवा भएर आए तर बम काण्डको मुद्दा चाहिँ खुलेन। पछि रौतहट प्रहरी प्रमुखको रुपमा भुपेन्द्र खत्री र जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक पप्पु नायकले सो बम काण्डको मुद्दा बारे अबल अनुसन्धान गरि दोषी आलमलाई कानुनी दायरामा ल्याई पिडितलाई न्याय दिलाउन सफल भए।

 

प्रतिकृया दिनुहोस


Techie