थपिए २७ सङ्क्रमित

थपिए २७ सङ्क्रमित

काठमाडौं,जेठ ६

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मङ्गलवार अपराह्णसम्म नेपालमा थप २७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ। अब सङ्क्रमितको कुल सङ्ख्या ४०२ पुगेको छ।

देशका सबै प्रदेशमा सङ्क्रमित भेटिएका छन्।

विगत २४ घण्टामा पीसीआर विधिबाट २,२८० वटा परीक्षण गरिएको छ र अहिलेसम्म उक्त विधिबाट ३२,६०४ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।(वीवीसी नेपाली सेवा बाट)

प्रतिकृया दिनुहोस


Techie