लकडाउनको अवज्ञा गरेको छैन : उद्योग तथा पर्यटन मन्त्री विजय विश्वास

लकडाउनको अवज्ञा गरेको छैन : उद्योग तथा पर्यटन मन्त्री विजय विश्वास

विराटनगर,चैत २३
प्रदेश १ का उद्योग तथा पर्यटन मन्त्री विजय विश्वासले आफुले संघिय सरकारले आव्हान गरेको लकडाउनलाई अवज्ञा नगरेको कुरा बताएका छन । मन्त्री विश्वासले सुलसुले डटकममा मन्त्री विश्वास ले लकडाउन उलंघन गरेकोे समाचार प्रकासित गरेपछि स्थानीय सम्वाददातासँग कुरा गर्दै उपत्त कुरा स्पष्ट पारेका हुन । उनले बजार लागेको देखेपछि केही हरियो सब्जि आफुले खरिद गरेको कुरा भने स्वीकार गरेका छन ।मन्त्रीले अहिले प्रदेश सरकारले विश्वब्यापी रूपमा फैलिएको कोभिड १९ का विरूद्द सिंगो देश एक भएको बेला आफु जिम्मेवार पदमा आसिन भएर जानाजान गभ्भिर गल्ती नगर्ने भन्दै आफुबाट अनजानमा गल्ती भएको कुरा प्रष्ट पारेका छन ।

संघिय सरकार सहित प्रदेश सरकार पनि अहिले कोभिड १९ का विरूद्द लडन एक भएर युद्ध स्तरमा दिनरात केही नभनी प्रदेश १ लाई सुरक्षित राख्न प्रतिवद्द रहेको जानकारी दिएका छन ।गत शुक्रबार ग्रामथान गाउँ पालिका वडा न २ मा निर्वाध रूपले साप्ताहिक बजार लागि रहेको देखेर स्थानीय प्रहरी मार्फत बजार बन्द गरि भीडभाड नियन्त्रण गरेको कुरा बताएका छन ।

प्रतिकृया दिनुहोस


Techie