गहुँबाली पाक्यो तर कोरोना र लकडाउनले किसान चिन्तित

गहुँबाली पाक्यो तर कोरोना र लकडाउनले किसान चिन्तित

कञ्चनपुर, चैत्र २०

चारैतिर गँहुका फाँटहरु पाकेर पँहेला देखिएका छन्, चैत्रमासको हावाले गहुँसँग लहलाउँदो सहेली खेलिरहेको छ । किसानहरुको खुशीले मन गद्गद हुने बेला आएको छ । गहुँ भित्र्याउले बेलामा किसानहरु प्रफुल्लित हुनु नौलो कुरो हुदैन, सबैले यस्तै कल्पना गर्ने बेला आएको भएपनि यस वर्षको चैत्रमा भने किसानहरुलाई कोरोना र लकडाउन दुइटा महारोगले सताएको छ ।विश्वभर फैलिरहेको कोरोना भाइरसको माहामारीको संक्रमण र कोरोनाको माहामारी रोक्न गरिएको लकडाउनले कञ्चनपुरका किसानहरुलाई साह्ै चिन्तित बनाएको देखिन्छ ।वर्ष भरी खाने अन्नवाली स्याहार्नु पर्ने बेलामा कोरोनाको कारण किसान घर भित्र बस्न बाध्य भए पनि खेतमा लगाएको गहूँ काटनु पर्ने उचित समय भएको र अहिले स्याहार्न नसके वर्ष भरी खान नपुग्ने र भोकमारी हुने डरले किसान चिन्तीत छन् ।एकातिर भिडभाड भएमा कोरोनाको संक्रमण बढ्ने खतरा त अर्कातिर घरबाहिर ननिस्किन भन्दै सरकारले गरेको लकडाउन, दुबैले यस वर्ष किसानले सहज रुपमा हरेक वर्ष झै गँहु भित्र्याउन नपाएको यस क्षेत्रका किसानहरुले गुनासो बुझ्न त्यति आइतबार लाग्दैन ।महेन्द्रनगरमा गँहु काटिरहेका अवस्थामा भेटिएका हल्दुखालका चाँदनी बमले कोरोना र लक डाउनको डर भएपनि बाध्य भएर गँहु काट्नु परेको दुखेसो गरिन् । “के गर्नु त हजुर खानै प¥यो, खानलाई बाँच्नलाई काम गर्नै प¥यो, कोरोनाको डर भएपनि काम नगरि त भएन, ” उनले भनिन् “गँहु त काटि हाल्यौँ अब चुट्नलाई थ्रेसर पाउन ग्राहे छ लकडाउन छ, ट्याक्टर चल्दैन, आफै चुट्नु पर्ला ।”

लकडाउनले किसानहरु चिन्तित भएका छन् लकडाउनले गर्दा थ्रेसर पाइन्छ कि पाइदैन भन्ने दुविधामा किसानहरु खेतबारीमा बसी रहेका छन् । महिनौँ देखि छाडा गाइगोरुबाट रातदिन लागेर बचाएका थिए तर पाकेर काट्ने बेलामा लागेको लकडाउनले गहुँबाली काट्नै नपाएको स्थानीय किसानहरुको गुनासो छ ।खेतमा काम गर्दा करोना सर्ने डर त किसानलाई एकातिर छ भने अर्कोतिर बेलैमा गहुँ भित्रयाउन नसके वर्ष भरी खाने अन्न पनि नपुग्ने र भोकभोकै मर्नु पर्ने अवस्था आउनेमा चिन्तित हुनपरेको किसानहरु बताउछन् । खेतमा गुहँ काटदै गरेका किसानलाई, त्यसलाई चुट्नू पर्ने चिन्ता पनि एकातिर छ, पहिले जस्तो हलगोरु नहुने र टे«क्टर बाट चुट्नु पर्ने भएकोले टे«क्टर र थ्रेसर नपाइने हो कि भन्ने चिन्ता किसानहरुलाई रहेको छ साथै यसरी ७, ८ जनाको समुह भएर खेतमा गहुँ काटनु पर्ने भएकोले कतै सुरक्षा कर्मीले महामारीलाई मध्य नजर गर्दै रोक लगाउँछन कि भन्ने डर पनि रहेको किसानहरु बताउछन् ।नेपाल सरकारले चैत्र ११ गते देखि लगाएको लक डाउन चैत्र १८ गते पुन एक हप्ताको लागि  लगाउने निर्णय गर्दै चैत्र २५ गते सम्म लक डाउन लगाएको छ । कोभिड–१९ कोरोना भाइरस महामारीलाई विश्वव्यापी मध्य नजर गर्दै अझ लम्ब्याउन सक्ने किसानहरुको अनुमान छ ।

आफुहरुले सरकारलाई लक डाउनको पुर्ण सहयोग गरेको र अन्नबाली स्याहार्नु पर्ने भएकोले बाध्य भएर आफुहरु खेतमा आएको र सरकारको तर्फ बाट किसानहरु सँग रहेको गहँु काटने ट्रेक्टर र थ्रेसिङ्ग गर्ने ट्रेकटरलाई सञ्चालनमा ल्याउन दिई किसानलाई सजिलै डिजलको व्यवस्था गरेमा यस्तो महाकारीको बेला खेतमा गएर काट्ने समुह पनि नहुने साथै छिटो अन्नवाली संकलन गर्न सकिने किसानहरु बताउछन् ।यता भीमदत्त नगरपालिकाले भने किसानका लागि सुरक्षित तरिकाले गँहु भित्र्याउनका लागि पहल भइरहेको बताएको छ, भीमदत्त नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष हिमाल चन्दले यस बारे नगरपालिकाले ठोस निर्णय भने बैठकबाटै लिने बताएका छन । उनले लकडाउनले किसानलाई प्रभाव पार्ने भन्दै सुरक्षित तरिकाले किसानलाई डिजेल प्रट्रोल उपलब्ध गराउन पहल भइरहेको र गहँकाट्ने काम भर्खर भइरहेकाले यकिन ठोस निर्णय नलिएको बताए । नगर पािलकाले भीडभाड नहुने गरि रातीको समयमा काम गर्ने गरि सुरक्षित तरिकाले काम गर्नका लागि पहल गर्ने प्रयास गरिरहको उनले बताए ।यस्तै वेदकोट नगरपालिकाले भने ट्याक्टर र थ्ेसर सञ्चालनकका लागि वडा नम्बर १ का वडा अध्यक्षको नेतृत्वमा एक टिम बनाए वेदकोट नगरपालिकाका नगरप्रमुख अशोक चन्दले बताएका छन । उक्त टिमले ट्याक्टर र थ्रेसर सञ्चालक संग छलफल गरिसेको बताइएको छ । विशेष गरेर  रातिको समयमा बेलुका ८ बजे देखि बिहान ४ बजेसम्म कसैलाई असर नपर्ने गरेर सुरक्षित तरिकाले गँहु चुट्ने काम गरिने नगर प्रमुख चन्दले बताए । यस्तै उनले पेट्रोलियम पदार्थका लागि बेलुका ६ बजे देखि ८ बजे सम्म पट्रोलपम्पहरुमा अनुमति दिएर भर्ने व्यवस्था गरिने उनले बताए ।

प्रतिकृया दिनुहोस


Techie