पेट्रोल र डिजेलको मूल्य दुई रुपैयाँ घट्यो

काठमाडौँ, फागुुन ६
नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटाइएको हो । भारतीय आयल कर्पोरेशनले पठाएको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमको दाबी छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर १०८, डिजेल र मट्टितेल समान ९७ रुपैयाँ कायम भएको छ । यसअघि पेट्रोल प्रतिलिटर ११० र डिजल तथा मट्टितेल प्रतिलिटर ९९ रहेको थियो । खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने हाल यथावत राखिएको पनि निगमले दाबी गरेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie