अपराध न्यूनीकरणमा समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी 

८९ लाख ८४ हजार जनता प्रत्यक्ष सहभागी, देशभर २४ हजार समिति सक्रिय 

अपराध न्यूनीकरणमा समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी 

काठमाडौं, मंसिर २७
अपराध नियन्त्रण र रोकथाम गर्नको लागि समुुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी देखिएको छ । एक वर्षअघि अर्थात् वि.सं. २०७५ कात्तिक ११ गते गृहमन्त्री राम बहादुर थापाको प्रमुुख आतिथ्यमा साझेदारी कार्यक्रम सुरु भएपछिको पछिल्लो एक वर्षको प्रगति विवरण हेर्दा पनि अपराध नियन्त्रण गर्नको लागि समुुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी देखिएको हो । 

स्थानीय तहमा निहित सामाजिक न्याय, सुरक्षा, मेलमिलाप, सामाजिक शिक्षा र जनचेतनाको दायित्व तथा सामुदायिक साझेदारीको माध्यमबाट अपराध नियन्त्रण र रोकथाम गर्नको लागि नेपाल प्रहरी र स्थानीय तहबीच समझदारी कायम गरी साझा संयन्त्रको माध्यमद्वारा सामुुदायिक सुरक्षालाई अभिवृद्धि गर्न समुुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको आईजीपी सर्वेन्द्र खनालले बताए । कार्यक्रम सुरु गरेपश्चात् एक वर्षको अवधिमा आम सर्वसाधारण नागरिकहरुले यो कार्यक्रममार्फत समाज थप सुरक्षित बन्दै गएको बताउँदै उनले भने, ‘यसले हामीलाई पनि कार्यक्रमलाई थप प्रभावकारी बनाउन हौसला मिलेको छ ।’ 

समुुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गर्नको लागि सातवटै प्रदेशका ७७ वटा जिल्लाअन्तर्गत सात सय ५३ स्थानीय तहमध्ये यही कात्तिक मसान्तसम्म सात सय ५२ पालिकाका छ हजार चार सय वडा, आठ हजार तीन सय १० वटा टोल, आठ हजार आठ सय आठवटा विद्यालय समेत गरी कुुल २४ हजार तीन सय ४७ वटा समिति निर्माण भइसकेको आईजीपी खनालले बताएका छन् । साझेदारी कार्यक्रम सुरु भएपछि हालसम्म विभिन्न स्थानहरुमा दुुई हजार नौ सय ६३ वटा सीसीटीभी जडान गरिएको, एक सय ५५ स्थानमा एलईडी टिभी राखिएको, ४८ वटा नागरिक सहायता कक्ष, पाँचवटा पाठयोजना निर्माण गरिएको एवं कार्यक्रम सञ्चालनको लागि १० हजार सात सय ७१ प्रहरीलाई प्रशिक्षित गरिएको आईजीपी खनालको भनाइ छ ।

यसैगरी प्रहरीले साझेदारी कार्यक्रमअन्तर्गत नै तीन हजार छ सय ९३ वटा सामुुदायिक अभिमुुखीकरण कार्र्यक्रम सञ्चालन गरेको, ११ सय ३३ पटक अस्पताल सरसफाइ कार्यक्रम गरेको, देशका विभिन्न क्षेत्रमा गरी १६ हजार सात सय ९७ पटक सामुदायिक कार्यक्रम सञ्चालन गरेको, छ हजार एक सय ७३ वटा विद्यालय सम्पर्क कार्यक्रम गरेको, नौ सय ८७ स्थानमा प्रहरीसँग एक दिन कार्यक्रम सञ्चालन गरेको, कलेजहरुमा हुुने अराजक गतिविधि (एन्टी ¥यागिङ क्याम्पियन) नियन्त्रणको लागि दुुई हजार चार सय ४० ठाउँमा जनचेतना विस्तारसम्बन्धी कार्यक्रम सञ्चालन गरेको, पाँच सय ७५ ठाउँमा सार्वजनिक सुनुुवाइसहित कुुल ३१ हजार सात सय ९८ वटा कार्यक्रम सञ्चालन गरेको छ । ‘यो सबै कार्य गर्नुको एउटै उद्देश्य शान्त, भयरहित, समुुन्नत समाज निर्माण गर्नुु हो’, आईजीपी खनालले भने । 

यसैगरी प्रहरीले विद्यालयलाई सुरक्षित बनाउनको लागि छ हजार एक सय ७३ वटा प्रहरी विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरेको छ । यसअन्तर्गत चार लाख ५२ हजार एक सय १३ जना विद्यार्थी, २४ हजार तीन सय ७८ जना शिक्षक शिक्षिका र १६ हजार नौ सय ८९ जना अभिभावकसहित चार लाख ९३ हजार चार सय ८० जना शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरु यो कार्यक्रममा सहभागी भएको समुुदाय प्रहरी साझेदारी कार्यक्रम हेर्दै आएका एसएसपी उमेशराज जोशीले बताए । समुुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु भएपश्चात् चार लाख ६९ हजार छ सय ४० वटा गस्ती गरिएको छ । यसअन्तर्गत एक लाख ५९ हजार सात सय ३४ जनालाई उद्धार तथा सहायता र विभिन्न कसुरमा एक लाख १३ हजार आठ सय १४ जनालाई पक्राउ एवं नियन्त्रण गरिएको एसएसपी जोशीले बताए ।

समुुदाय प्रहरी साझेदारी कार्यक्रममा हालसम्म ८९ लाख ८४ हजार एक सय २८ जना प्रत्यक्षरुपमा समेटिएको छ । सोही क्रममा ५९ लाख ५० हजार एक सय ८३ वटा सामुदायिक गस्ती गरिएको, १० लाख ५१ हजार एक सय ३२ वटा सामदायिक कार्यक्रमहरु सञ्चालन गरेको, चार लाख ९३ हजार चार सय ८० वटा विद्यालय कार्यक्रम सम्पन्न गरेको तथा १४ लाख ८९ हजार तीन सय ३३ वटा श्रव्यदृश्य प्रसारण गरेको एसएसपी जोशीले बताए । 

समुुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु भएपछि गरिएका कामहरु 
क्र.सं. विवरण संख्यामा
१. सामुुदायिक गस्ती ५९५०१८३ (वटा)
२. सामुुदायिक कार्यक्रम १०५९१३२ (वटा)
३. विद्यालय कार्यक्रम ४९३४८० (वटा)
४. श्रव्यदृश्य प्रसारण १४८९३३३ (पटक)
. गस्ती गरेको दूरी ४७५३९२३ (किमि)
६. उद्धार तथा सहायता १५९७३४ (जना)
७. पक्राउ नियन्त्रण ११३८१४ (जना)
८. कुल समिति संख्या २४३४७ (वटा)
९. तालिम प्राप्त प्रहरी १०७७१ (जना)
१०. प्रत्यक्ष समेटिएको जनसंख्या ८९८४१२८ (जना)
(स्रोत : नेपाल प्रहरी) (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध