वामपन्थी धर्मगुरु सिद्धबाबामाथि पनि बलात्कारको आरोप

वामपन्थी धर्मगुरु सिद्धबाबामाथि पनि बलात्कारको आरोप

काठमाडौं, मंसिर १५
वामपन्थीहरुले धर्मगुरु मानेका कथित सिद्धबाबा कृष्णदासणी महाराज अर्थात् कृष्णदास गिरीलाई पनि बलात्कारको आरोप लागेको छ । सुनसरीको चतराधाममा बस्दै आएका गिरीलाई सिद्धबाबा कृष्णदासजी महाराज भनेर आशिर्वाद थाप्न पुग्नेमा राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वसभामुख कृष्णबहादुर महरा, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलगायतका उच्चपदस्थ व्यक्तिहरु छन् ।

आश्रममै बोलाएर आफूलाई बलात्कार गरिएको भनी एक पीडित भक्त महिलाले गरेको उजुरीको आधारमा जिल्ला अदालत सुनसरीले सिद्धबाबाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । कथित सिद्धबाबा कृष्णदासजी महाराजका अनुयायी पूर्वसभामुख कृष्णबहादुर महरा यसअघि नै रोशनी शाही बलात्कार काण्डमा पदबाट खुस्केर जेलको चिसो छिँडीमा कोचिइसकेका छन् । वामपन्थी नेताहरुले उनलाई धर्मगुरुनै मान्दै उच्च महत्व दिँदै आएका थिए । (जनमञ्च साप्ताहिकबाट)

प्रतिकृया दिनुहोस