‘लक डाउन’भित्रकोे विश्व अर्थतन्त्र

‘लक डाउन’भित्रकोे विश्व अर्थतन्त्र

काठमाण्डौं,चैत १९

कोरोना भाइरसका कारण विश्वमा एक चौथाइ नागरिकहरू लकडाउनमा परे । विश्वको ठूलो अर्थतन्त्र बोकेको देश चीनबाट सुरु भएकोे कोरोना भाइरसले देखाएको महामारीले संसारका दुई सय देशसम्म आप्mनो घोर रूप देखाँउन सफल भयो । केही वर्ष यता देखिएको ‘सार्स’ नामक रोगले धेरैको ज्यान लिएको थियो तर पैmलिने साहस कम राख्यो, यसपालिकोे कोरोनाले कम मान्छे मा¥यो तर पैmलिनै रूप उग्र बनायो । सरसर्ती हेर्दा घरभित्र भूखमरी घरबाहिर महामारी भन्ने उखानलाई चरितार्थ गरायो । हाम्रोजस्तो वैदेशिक रोजगारीमा आधारित अर्थतन्त्रले भोलिका दिनमा गम्भीर चुनौतीको सामना गर्नु पर्नेछ । नेपाल मात्र होइन दक्षिण एशियाली सबैजसो देशको अर्थतन्त्रमा वेदेशिक रोजगारीको प्रभाव धेरै छ । नेपालमा वर्षेनी ५ लाख बढी नेपालीहरू रोेजगारीकोे खोजीमा छन् । अहिले घस्रँदै अगाडि बढेका नेपालजस्ता अविकसित र विकासशील देशका लागि ठूलो मनोवैज्ञानिक चोट परेको छ । कोरोनाका कारण हाम्रो देशमा मानव दुर्घटना नभए पनि लकडाउन खुल्दैमा अर्थतन्त्र सामान्य हुन्छ भन्ने होइन । देशका प्रधानमन्त्री बिरामी, दौडधुप गर्न नसक्ने, ढुकुटी राख्ने बैंक कामुमा सञ्चालित अनि अर्थको वागडोर लिने व्यक्ति संसद् बाहिर रहेर पनि होला लकडाउनमा जनताले देशको ढुकुटी खोलेरै सेवा पाएकोे महसुस गर्न सकेनन् । हाम्रो आप्mनो औेद्योगिक कल कारखाना र उत्पादन छैन, आप्mनै बजार छैन र सबैलाई यहीँ रोजगारी दिने अवस्था पनि छैन । हामीले कृषिक्षेत्रलाई जोड दिई आत्मनिर्भर हुनुपर्छ । यो पेशालाई सम्मानित बनाइनु पर्छ । कृषिबाटै औद्योगिकीकरणतर्पm अग्रसर हुनुपर्छ । उद्यमशीलताको विकास, पूर्वाधार विकासमा जोड, स्वदेशमै रोजगारीको व्यवस्था, एक घर एक रोजगारीको अनिवार्यता, विद्युत् उत्पादनमा वृद्धि र सस्तो दरमा आपूर्ति, वैज्ञानिक र प्राविधिक शिक्षामा जोड, ग्रामीण सीप, श्रम र कच्चापदार्थमा जोड दिँदै ग्रामीण पुँजी निर्माण वातावरणमैत्री प्रयासजस्ता धेरै काम आपँैmले गर्नुपर्छ । हो, यसपालिको महामारीको पाठले संसारको ध्यान नेपालप्रति बढी आकर्षित हुनेछ, पर्यटन उद्योग फस्टाउने छ, विदेशी लगानी बढ्ने छ । तर, मकै पिन्दा घुन पिसिन सक्छ भन्ने नेपाली उखान र खुकुरीको चोट अचानोलाई थाहा हुन्छ भन्ने मान्यतालाई पनि हामीले बिर्सनु हुन्न र आपूm कसरी स्वावलम्बी हुने र आत्मनिर्भर हुने त्यसको खोजी गर्न भने अब ढिलो गर्नु हुन्न । यत्रो महामारीले पाठ सिकाउँदा पनि हामीले अभैm गम्भीर भएर आपूmलाई सुधारेनौ भनेपछि यसको मूल्य झन् चर्को पर्नेछ ।अहिले अब्बल, औद्योगिक, विकसित भन्ने देशहरू निकै ठूलो मारमा परेका छन् । यिनीहरूको अर्थतन्त्र उक्सिन र पीडाको घाउमा मलमपट्टी गर्न धेरै समय लाग्नेछ । हामीजस्तै दक्षिण एसियाको ठूलो देश छिमेकी भारतबाट वैदेशिक रोेजगारीमा जानेको संंख्या पनि अधिक नै छ । संसारमा चीनको बजार उच्च छ यसपालिको कोरोनाबाट बच्न चीनले सुरुमै कडाइ गरिदिएकाले अन्यत्रको तुलनामा उसले ठूलोे भयावहकोे स्थितिलाई व्यहोर्नु परेन यद्यपि त्यहाँ मर्ने र संक्रमित हुनेकोे संख्या कम रहेन ।चीन संस्थागत मेमोरी भएको देश हो । केही समयअघि त्यहाँका राष्ट्रपति सि ले नेपालको भ्रमण गर्दा भनेका थिए, सुशासनमा विश्वास गर भनेर । चीनमा माओत्सेतुङले कम्युनिष्ट क्रान्ति गरे यता सन् १९५० मा चीनको अर्थतन्त्र जापानको भन्दा ४९ प्रतिशतले ठूलो थियो । सन् १९७७ तिर देङ सियायो पिङले चीनमा खुलाबजार नीति ल्याए । त्यतिबेलासम्म जापानको अर्थतन्त्र अकाशियो चीनको भन्दा ३३ प्रतिशतले ठूलो भयो ।

अहिले उत्पादन र निर्यातमा चीन विश्वमा एकछत्र रजाइँ गर्दैछ, विश्वकै केन्द्र बनेको छ चीन । विश्वकै कारखाना बनेको छ चीन । सन् २०१८ को चीनको आर्थिक वृद्धिदर ६ दशमलव ६ रहेको छ । सन् १९८० तिर चीन ३ खर्व ५ अर्ब ३५ करोड जीडीपीसहित विश्वको ७औं ठूलो अर्थतन्त्रको मुलुक बनेको थियो । सन् १९७८ मा बजार अर्थतन्त्र सुधारपछि चीनको वार्षिक आर्थिक वृद्धिदर १० प्रतिशत रहेको छ । हाल यसको आर्थिक वृद्धिदरमा केही कमी आए पनि विश्व अर्थतन्त्रमा चीन अगाडि नै छ । यत्रो समृद्ध मुलुक छिमेकी भएर पनि हामी खुम्चिएको अवस्थामै छौं ।
सन् १९४९ देखि १९७८ सम्म चीन जनवादी गणराज्य तत्कालीन सोभियत संघको शैलीमा केन्द्र नियन्त्रित अर्थव्यवस्थामा थियो । त्यतिबेलासम्म निजी व्यापार र पुँजी बजारलाई स्थान थिएन । औद्योगिक साम्यवादका लागि माओले दीर्घकालीन अर्थव्यवस्था स्थापना गरेका थिए । पछि माओको निधन भयो । देङ सियाओ पिङ र पछिका नेतृत्व व्यवस्थापनले सुधार गरे । एकदलीय शासनको अधीनमा बजारोन्मुख मिश्रित अर्थव्यवस्था । १९७८ पछि निजीकरण सुरू भयो, विदेशी लगानी पनि प्रोत्साहित बन्यो । विशेष आर्थिक क्षेत्रमा हङकङ नजिक सोजेल र अन्य सहरको छनौट भयो । पश्चिमी मुलुकका शैलीमा उद्योगहरू स्थापना हुन थाले । विस्तारै राज्य नियन्त्रित प्रणाली हट्दै गयो । १९७८ पछिको आर्थिक उदारीकरणले हालको आर्थिक आकार ९० प्रतिशतले बढेको छ । चीनको अर्थतन्त्रले सन् २०१० मै जापानलाई उछिन्यो । उसले बेलायत र जर्मनीलाई त सन् २००५ मै उछिनिसकेको थियो । हामीले उत्तरतिरको यस्तो समृद्धिलाई बास्नासम्म पनि लिन सकेनौँ ।अहिले हाम्रा छिमेकी मुलुक चीन र भारत जनसंख्याको हिसाबले अग्रस्थानमा छन् । जनसंख्याको हिसाबले अमेरिका तेस्रो स्थानमा छ र लामो समयदेखि अमेरिका भने अर्थतन्त्र अग्रणी स्थानमा नै छ । छिमेकी मुलुक भारतको अर्थतन्त्रबाट हामीले खासै फाइदा लिन सकेनौं । यद्यपि भारतमा हाम्रोजस्तो सस्या नभएको भने होइन ऊ ४५ वर्ष यताकै उच्च बेरोजगारीको समस्या छ । ६ वर्ष यतादेखि आर्थिक वृद्धिदर न्यून छ । एक दशक यतादेखि वैदेशिक लगानी घटेको छ । न्यून आर्थिक सूचकांककै परिप्रेक्ष्यमा सन् २०२० को बजेट आएको छ अहिले । ५० प्रतिशतभन्दा बढी श्रम शक्ति आबद्ध कृषिक्षेत्रको योगदान भारतीय अर्थतन्त्रमा १६ प्रतिशत देखिन्छ । यी सबै बँुदाहरूलाई मध्यनजर गर्दै आगामी सन् २०२२ सम्ममा कृषिक्षेत्रको आयलाई दोब्बर बनाउने योजनाअनुरूप कुल बजेटको ५ दशमलव २६ प्रतिशत बजेट भनौँ भारु १६ खर्ब रकम कृषिक्षेत्रमै विनियोजन गरेको छ । त्यति मात्र नभई लघुवित्त र सहकारीमार्पmत भारु १५ खर्ब कर्जा विस्तार गर्ने योजनामा छ । यसक्षेत्रमा दिइएको रेल र हवाइ सुविधासमेतका कारण कृषि उपजसस्तो पर्ने र प्रतिस्पर्धी क्षमता पनि कम हुन देखिएको छ । उद्योगक्षेत्रमा ठूला, मझौला,साना, लघु र घरेलुतर्पm खर्बांै रकम विनियोजन गरेको छ । भनौँ उत्पादनमूलक र कृषिक्षेत्रमा व्यापक सुधारको अपेक्षा गरेको छ । आयकरमा व्यापक कटौती, ऊर्जा उत्पादक कम्पनीलाई संस्थागत करमा १५ प्रतिशत छुट, हालसम्म ८५ गिगावाट नवीकरणीय ऊर्जा उत्पादन भइरहेकोमा सन् २०२२ सम्ममा एक सय ७५ पु¥याउने समेत लक्ष्य राखेको छ । त्यस्तै वैदेशिक लगानी आकर्षित गर्न पूर्वाधार एवं अन्य निश्चित क्षेत्रमा हुने आय, लाभांश, पुँजीगत लाभमा ३ वर्ष सम्म कर छूटको व्यवस्था, साविकमा १ करोड कारोबार गर्नेले लेखापरीक्षण गराउनु पर्नेमा अव त्यसको सीमा ५ करोड र व्यक्तिगत आय र थ्रेसहोल्डको सीमा वृद्धि गरेको छ । कोरोनाकै कारण पनि उसले आर्थिक प्याकेजको घोषणा गरिरहेको छ ।
अहिले विश्व अर्थतन्त्रमा भारत छैठौँ स्थानमा हुनु भनेको हाम्रो लागि सुनौलो अवसर हुनुपर्ने थियो । विश्व बजारमा हाल अमेरिकी अर्थतन्त्र केही खस्कने संकेत देखिएको छ । लामो समय आफ्नो अग्रणी वर्चस्व कायम राख्दै आएको अमेरिकी अर्थतन्त्र अहिले पनि एक नम्बरमै पर्छ । प्राइस वाटर हाउस कुपर्स भन्ने एक संस्थाले गरेको अध्ययनअनुसार सन् २०३० अघि नै चीनले अमेरिकी अर्थतन्त्रलाई पछारी अगुवाई गर्नेछ । छिमेकी मुलुक भारत पनि सन् २०५० अघि नै हालको छैटाँै स्थान ओगटेकोमा ठूलो अर्थतन्त्र बोक्ने मुलुकको रूपमा भविष्यवाणी गर्न थालिएको छ । चीन र भारतपछि मात्र अमेरिका तेस्रो स्थानमा पुग्ने देखिन्छ र चौथो भने इन्डोनेसियाको आँकलन गर्न थालिएको छ । हाल भारत विश्वको छैटौँ स्थानमा छ, अर्थतन्त्रमा । सन् २०१९ सम्ममा बेलायतलाई उछिनेर पाँचौ हुनसक्ने देखिएको छ । भारत भूगोलको हिसावले ठूलो छ । त्यस्तै जनसंख्याको हिसावले जिडीपी प्रतिव्यक्ति आयका हिसाबले भने धेरै तल छ अर्थात् जम्मा १९८२ मात्र । सन् १९८० सम्म भारत विश्वको तेह्रौं स्थानमा थियो अर्थतन्त्रमा । सन् १९१७ को उसको आर्थिक वृद्धिदर ६ दशमलव ७ प्रतिशत थियो । सन् २०१८ मा ७ दशमलव ३ प्रतिशत र सन् २०१९ मा ७ दशमलव ५ प्रतिशत । स्वाधीनतापछि उसको अर्थतन्त्रको सुरूवात कृषिबाटै भएको हो । हाल केही दशक यतादेखि निर्माण र सेवा क्षेत्रमा ऊ अगाडि छ ।

भारतीय अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ६० प्रतिशत पुगेको छ । सेवा क्षेत्रबाटै २८ प्रतिशत रोजगारी अवसर प्राप्त छ । कृषि क्षेत्रको योगदान १७ प्रतिशतमा झरेको छ र पनि पश्चिमी मुलुकका दाँजोमा राम्रो मान्नु पर्छ । भारतको सकारात्मक पक्ष भनेको उचच जगेर्नादर हो, अनुकूल जनसंख्या हो, मध्यमवर्गको उत्थान हो र सीमित आयात । त्यहाँ धनी पनि छन् र गरिब पनि । गरिबलाई बाँच्न असजिलो छैन । सन् २०२० को कोरोना भाइरसकोे तेस्रोे एपिसेन्टर बनेको अमेरिकाको आप्mनै घमण्ड रह्यो । सुरुमा चीनको तथ्याँक यथार्थ होेइन भनिदियो । आपूmले लकडाउन गर्ने बारे ध्यानै दिएन जब संक्रमितको सख्या बढ््न थाल्योे, मर्नेहरूको संख्या हजार नाघ्योे, उसको होेस् खुल्यो । अमेरीकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रृपति सीसँग सिधै टेलिफोेन वार्ता गरी कोरोेना भाइरसविरुद्ध एकजुट भई सहकार्य गर्न इच्छुक रहेको भनाइ व्यक्त गरे । विगत २ वर्षदेखि अमेरिका र चीनबीच अर्थतन्त्रमा शीतयुद्ध नै छ । अमेरिका अब्बल दर्जाको अर्थतन्त्र बोकेको देश भएकाले उसले नडराइकन कोरोनाविरुद्ध लड्न अहिलेसम्मको सबैभन्दा ठूलो २० खर्ब डलरको आर्थिक प्याकेजको घोषणा गरिदियो ।अमेरिका विश्वकै आर्थिक महाशक्ति राष्ट्र हो । सन् १८७१ देखि एकछत्र विश्वकै एकलौटी अग्रणी अर्थतन्त्रलाई अंगालो हालेको छ अमेरिकाले । औद्योगिक उत्पादनलगायत सेवा क्षेत्रबाट पनि उसले कुल गार्हस्थ्य उत्पादनमा ८० प्रतिशत स्थान ओगटेको छ । औद्योगिक उत्पादन मात्र १५ प्रतिशतमा सीमित छ । यहाँ पुँजीवादी मिश्रित अर्थव्यवस्था छ । प्रचुर प्राकृतिक सम्पदाहरू छन्, उच्च उत्पादकत्वको दर छ । अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार अमेरिकाको कुल गार्हस्थ्य उत्पादन एक सय ९४ खर्ब डलर छ । उसको कुल गार्हस्थ्य उत्पादनले विश्वको जीडीपीमा २४ प्रतिशत हिस्सा ओगटेको छ । विश्वको ठूलो अर्थतन्त्र बोकेको अमेरिकाको प्रतिव्यक्ति आयको सूचीमा ९औं स्थानमा परेको छ । सन् २०१८ मा उसको कुल गार्हस्थ्य उत्पादन २०४ खर्ब डलर नाघ्ने भएको छ । विश्वमा ठूलो आयातक मुलुक हो यो र दोस्रो ठूलो निर्यातक मुलुक । सन् २०१७ मा त उसले व्यापार घाटा पनि सहनु प¥यो । २८ खर्ब ९५ अर्ब डलरको आयात अनि २३ खर्ब २९ अर्ब डलरको निर्यातले उसको व्यापार घाटा देखाएको हो ।उसको व्यापार घाटा हुने मुलुक भनेको चीन, जापान, मेक्सिको, जर्मनी अनि क्यानडा हो । थोक र खुद्रा व्यापारमा अमेरिका अग्रणी छ औद्योगिक राष्ट्रकै रूपमा पनि । म्याकडोनाल्ड र कोकाकोला उसको चर्चित कम्पनी हो । त्यति मात्रै होइन विश्वकै तेल उत्पादनको पहिलो मुलुक हो यो र पनि ऊ दोस्रो ठूलो तेल आयातक मुलुक पनि बनेको छ । विद्युत र परमाणु ऊर्जामा अब्बल दर्जामा छ अमेरिका । प्राकृतिक ग्यास र सल्फर नुन उत्पादनमा पनि अगाडि छ । कोइला, खनिज, तामा, सिसा, म्याग्नेसियम, जिंक, टाइटेनियम पनि हो उसको उत्पादन । अमेरिकी अर्थतन्त्रमा कृषिको योगदान अत्यन्त न्यून प्रतिशत मात्र छ । तथापि मकै र भटमास भने धेरै उत्पादन गर्ने मुलुकमा चिनिन्छ अमेरिका ।यता सार्क राष्ट्रबीच भारत पाकिस्तानको तनाव त छँदै थियो सार्क नै ओेझेल परेको अवस्थामा भारतीय प्रधान मन्त्री मोदीले कोरोनाविरुद्ध एकजुट हुन सार्क राष्ट्रहरूलाई आह्वान गर्दैै सार्क कोषको घोषणा गरे सार्क राष्ट्रका सदस्यहरूबीच भीडीओ कन्फरेन्ससम्म भयो । सार्ककोे अध्यक्ष भएका नाताले नेपालले आप्mनो उपस्थिति कस्तोे देखाउँने र यही अवसरमा हाम्रा गुम्नै आँटेका कालापानी, लिपुलेकजस्ता सिमानाका बारे के–कस्ता छलफल हुन्छन् सो हेर्न भने बाँकी नै छ । विश्व स्वास्थ्य संगठनले नेपाल र भारत दुवैलाई कोेरोनाको उच्च जोखिममा पहिले नै राखेको हो तर पनि नेपालले लकडाउन गरेको भोलिपल्ट मात्र उसले ३ हप्ताका लागि एकै पटक लकडाउन ग¥यो । भनौँ, संक्रमणको प्रभाव बढेर मान्छे मर्न थालेपछि मात्रा भारतले लकडाउन ग¥योे । भारतबाट एकै पटक नेपालको पश्चिमक्षेत्रमा फर्कने नेपालीहरूको भीड झण्डै डेढ लाखको भइदियो ।

सार्ककै अर्को देश श्रीलंकाले कप्mर्यु नै जारी ग¥यो । सार्क राष्ट्रमध्ये वैदेशिक रोजगारीमा कम संलग्न देश भुटान हो । भुटानको यस्तोे दर २ दशमलव ९ मात्र छ । सार्कमध्ये सबैभन्दा बढी बेरोेजगरी दर भएको देश माल्दिभ्स होे उसको बेरोेजगारी दर ११ प्रतिशत छ । भारतको बेरोेजगारी दर ३ प्रतिशत छ । नेपालको बेरोजगारी दर २ दशमलव ७ प्रतिशत छ । समग्रमा सार्क देश सबैको औसत बेरोजगारी दर ६ दशमलव २ प्रतिशत छ । वैदेशिक रोेजगारीको अर्थ हुन्छ विप्रेषण प्राप्ति, यस अर्थमा सबैैभन्दा कम विप्रेषणले जीडीपीमा योगदान पाउने सार्क देशमध्येको भुटान भन्न सकिन्छ भने सबैभन्दा बढी विप्रेषण पाईजीडीपीमा योगदान पाउने देश भारत हो उसले यसमा ६३ दशमलव ४ प्रतिशत योगदान पाएको छ । माल्दिभ्सको ६० दशमलव एक प्रतिशत छ भने नेपालको २९ प्रतिशत रहेको छ । तर, नेपालीले प्र्राप्त गरेको विप्रेषणको ८० प्रतिशत रकम दैनिक उपभोगमा, झण्डै ८ प्रतिशत ऋण तिर्ने काममा, लगभग ५ प्रतिशत घरेलु सामग्री जोड्नमा र लगभग ३ प्रतिशत मात्र पुँजी निर्माणमा प्रयोग गरेका छन् ।यता युरोपियन देशहरू पनि कोरोनाकोे महमारीबाट जोेगिन सकेनन् । इटली सबैभन्दा ठूलो मारमा प¥यो । चीनपछि कोरोनाको दोस्रोे एपिसेन्टर बनेको इटलीले लकडाउनप्रति चासो दिएन । उसले केही दिनमै झण्डै १० हजार आप्mना नागरिकलाई गुमाउन प¥यो । संक्रमितको संख्या लाख पुग्न खोज्यो । अर्थतन्त्रमा उचोे शिर भएका देश फ्रान्स, जर्मनी, स्पेन, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट््समा कोरोनाले आप्mनो आधिपत्य जमायो । औद्योगिक देश बेलायत यसको अछुतो रहेन । सुरुमा वेलायती राजकुमार चाल्र्स कोेरोना संक्रमित भए भने केही दिनमै त्यहाँकी महारानी एलिजावेथ र प्रधानमन्त्री स्वयं जोन्सोेन यसको चपेटामा परे । नेपालीहरू धेरै बेलायत र जर्मनीमा पनि छन् । बेलायत विश्वकै पाँचौँ स्थान ओगटेको अर्थतन्त्रको मुलुक हो । अहिले ९औं स्थानमा छ । सन् २०२३ मा उसले आफ््नो म्याराथुनमा ७औं स्थान ओगट्नेछ । सेवा क्षेत्रमा अब्बल छ बेलायत । दोस्रोमा उसको स्थान कलकारखाना हो भने कृषि क्षेत्र तेस्रोमा पर्छ । खाद्यान्नको हिसाबले उसका ६० प्रतिशत जनसंख्यालाई मात्र आफ्नो उत्पादनले भ्याउने गरेको छ । कृषिले जीडीपीमा खासै योगदान गरेको छैन । २ प्रतिशतभन्दा कम जनसंख्याले मात्र कृषि क्षेत्रमा श्रम रोजगारी पाएका छन् । युरोपको फ्रान्सलाई उछिन्दै जर्मनीपछि दोस्रो ठाउँ ओगट्दै उभिएको छ बेलायत । सेवा क्षेत्रमा अत्यधिक रोजगारी छ त्यहाँ । बैंकिङ र बीमा क्षेत्रले लण्डन त ठूलो वित्तीय केन्द्र नै बनेको छ विश्वमै । विश्व बजारमा न्यूयोर्क, हङकङ, टोकियो, बैंकक, सिंगापुर, लण्डनको नाम लिइएन भने हाम्रो अध्ययन अधुरो हुने गर्छ । सन् २०१६ मा बेलायतमा जनमत संग्रह हुँदा बेलायती जनताले युरोपेली संघबाट अलग हुने पक्षमा मतदान गरे । जर्मनी विश्वको चौथो ठूलो अर्थतन्त्र बोकेको मुलुक हो । अत्यन्त कुशल, दक्ष जनशक्ति भएको मुलुक जर्मनी भ्रष्टाचार न्यून भएको, ठूलो सेयरपुँजी भएको मुलुक हो यो । प्राविधिकरूपमा सक्षम र सम्पन्न मुलुक हो यो । विश्वको निर्यातक मुलुकमा तेस्रो ठूलो मुलुक हो । सेवा क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनमा ७१ प्रतिशत रहेको छ । उद्योगको योगदान २८ प्रतिशत र कृषिको जम्माजम्मी एक प्रतिशत मात्रै छ । जर्मनीको बेरोजगारी दर युरोपेली संघको सबै सदस्य राष्ट्रका तुलनामा अति नै कम अर्थात् ४ दशमलव ७ प्रतिशत मात्रै छ । तर, युवा बेरोजगारी दर भने युरोपेली अन्य सदस्य देशका तुलनामा सबैभन्दा उच्च ७ दशमलव १ प्रतिशत छ । जर्मनीको मुद्रा युरोपेली मुद्रा युरो हो, विश्वमै अग्रपङ्क्तिमा छ युरो । आधुनिक गाडी निर्माणको क्षेत्रमा जर्मनी अग्रणी स्थानमा छ । उसको मूल निर्यात भनेको सवारी साधन, विजुली उपकरण, औषधि, धातु, खाद्यान्न, प्लाष्टिक, रबर, रासायनिक पदार्थ, विद्युतीय उपकरण नै हुन् ।

प्रतिकृया दिनुहोस


Techie