विदेशमा बस्नेलाई थाहा हुन्छ मातृभूमिको माया कति हुन्छ

विदेशमा बस्नेलाई थाहा हुन्छ मातृभूमिको माया कति हुन्छ

रामहरी शर्मा पौडेल
व्यावस्थापक, गौतमबुद्ध दुध डेरी तथा चिस्यान केन्द्र

रामहरी शर्मा पौडेल एक युवा कृषक हुन् । तिलोत्तमा–१४, रुपन्देहीमा गाईफर्म खोलेर दुग्ध उत्पादन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पौडेल युवा शक्तिको कृषिमा हुने झुकावले नै समृद्ध नेपाल निर्माणको आधार सृजना हुनसक्ने धारणा राख्दछन् । २०३९ सालमा स्याङ्जामा जन्मिएका पौडेल एक मनकारी तथा सामाजिक क्षेत्रको विकास गर्न चाहने युवाको रुपमा चिनिन्छन् । आफ्नै गाईफर्म र गौतमबुद्ध डेरी तथा चिस्यान केन्द्रको व्यवस्थापक पद सम्हालेका पौडेलको गौतमबुद्ध डेरी फर्म तथा चिस्यान केद्रमा दैनिक २४ सय लिटर दुध संकलन हुनुको साथै आफ्नो व्यक्तिगत फर्मबाट दैनिक एक सय लिटर दुध उत्पादन गर्दछन् । तिलोत्तमा युवा कृषकको रुपमा आफ्नो पहिचाहन बनाउन सफल पौडेल सबैको मनमष्तिस्कमा बस्न सक्ने सामथ्र्य भएका युवा उद्यमी हुन् । देशमा भएको युवाशक्ति विदेशिनु राष्ट्रकै लागि घातक भएको बताउने पौडेलले विदेशमा रहने सबैलाई आफ्नै देशमा बसेर कार्यसम्पादन गर्नु पर्ने सुझाव ब्यक्त गर्दछन् । कृषिक्षेत्रको विकास नै समृद्ध नेपाल निर्माणको प्रमुख आधार भएको बताउने रामहरी शर्मा पौडेल सँग भरतराज पाठकले गरेको कुराकानीको संक्षिप्त अंश ः

यहाँलाई कसरी कृषि क्षेत्रमा प्रेरणा मिल्यो ?

कृषि क्षेत्रको विकास नै समृद्ध नेपाल निर्माणको प्रमुख आधार हो । कृषि क्षेत्र अन्य क्षेत्र भन्दा फरक क्षेत्र हुनु नै मेरो रोजाईको प्रमुख कारण बन्यो ।
धेरै जसो स्थानियहरुले कृषि क्षेत्रमा गरेको लगानीको अवस्था देख्दा मलाई पनि कृषि क्षेत्रमा लगानी गर्ने उत्सुकता पलाएको हो ।

डेरी उद्योग तथा चिस्यान केन्द्रमा कहिलेबाट प्रवेश गर्नुभयो ?

डेरी उद्योग भर्खर भर्खरबाट सुरु गरेका हौं । यसमा अन्य साथीभाईहरुको पनि लगानी छ । भदौं १ गतेबाट पुरानो सञ्चालनमा रहेको संस्थालाई
खरिद गरि सञ्चालन गरेका हौं ।

हाल कति जति दुध संकलन गर्नुहुन्छ ?

पहिले त निकै कम थियो । हामी प्रवेश गरेसँगै धेरै दुध संकलन गरेका छौं । हामीले खरिद गर्दा त्यस्तै पाँच÷छ सय लिटरको हाराहारीमा संकलन हुन्थव भने अहिले २४/२५ सय लिटर संकलन हुन्छ ।

उक्त संकलित दुधमा कति जति कृषकहरुको आवद्धता रहेको छ ?

करिब तीन सय ७० जना कृषकहरुको आवद्धता छ । यसमा कुनै धेरै दुध उत्पादन गर्ने कृषक हुनुहुन्छ भने कुनै दुई÷चार लिटर दुध ल्याउने कृषक पनि हुनुहुन्छ ।

सबै दुध यहि खपत हुन्छ त ?

हुँदैन । यहाँ करिब ११ सय लिटर मात्र खपत हुन्छ भने अरु सबै दुग्ध विकास आयोजना डिडिसीलाई बेच्दछौं ।

यहाँ खपत हुँदा र आयोजनालाई बेच्दा के फरक हुन्छ ?

खास गरेर फरक हुने भनेको मूल्यमा हो । आयोजनालाई बेच्दा कम मूल्य आउँछ भने यहाँ खपत हुँदा बढी मूल्य पर्दछ । ठुलो लगानी र परिश्रम लगाएका कृषकहरुको दुधको मूल्य जति सक्यो धेरै पारौं भन्ने सोचमा हुन्छौं । तर खपत हुन सक्ने अवस्था नभएपछि बाध्य भएर आयोजनालाई दिनु
पर्छ ।

यहाँले घरमा पनि गाईभंैसी पाल्नु भएको छ ?

हो, म एक कृषक पनि हुँ । मेरो घरमा १०/१२ वटा गाईहरु छन् । दैनिक एक सय लिटरको हाराहारीमा दुध उत्पादन हुन्छ ।

कृषक भएर गाईपालन गरिरहेको अवस्थामा डेरीको अवधारणा कसरी आयो त ?

म यो भन्दा पहिला दुग्ध सहकारीमा व्यवस्थापक थिए । त्यो समयमा पनि मैले घरमा गाईपालन गरेको थिए । दुग्ध सहकारीको अनुभवले आफ्नै व्यावसाय सुरु गरौं भनेर डेरी तर्फ आकर्षित भएको हुँ । यो ग्रामिण क्षेत्र भएकोले यहाँ दुध संकलन गरी बजारीकरणको गर्न समस्या थियो । दुई/चार लिटर दुध बोकेर बजारतिर लैजानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै डेरीको अवधारणा अगाडी सारेर चार/पाँच जना कृषक मिलेर डेरीमा लगानी गरेका हौं । अहिले यहाँका कृषकहरुलाई बजारको कुनै समस्या छैन । उहाँहरुले दुध उत्पादन गरी हामी कहाँ ल्याए पुग्छ । बजार खोज्ने काम हामीले गर्दछौं । दुध उत्पादनमा कृषको ठुलो मिहेनत तथा पसिना परेको हुँदा दुधको मूल्य अधिक्तम पार्नु नै हाम्रो प्रमुख लक्ष्य हो । त्यसैले जता जुन बजारमा एक पैसा महङ्गो पर्दछ त्यही बजारमा बढी बिक्री वितरणलाई प्राथमिकता दिएर अगाडी बढेका छौं ।

यहाँ त एक पटक विदेश पनि जानु भएको थियो रे भन्ने सुनिन्छ हो ?

हो यहाँले भनेको सहि छ । म पाँच बर्ष मलेशिया बजेर आएको हुँ । मलेशियाबाट फर्केपछि यहाँ आएर कृषि पेशामा आवद्धता जनाएको हुँ ।


एक पटक विदेश गएको मान्छेलाई नेपालमा गर्ने सोच कसरी पलायो ?


वास्तवमा म विदेश नबुझेर गएको रहेछु । त्यहाँ पाँच बर्ष बसेपछि बल्ल मातृभूमिको मायाको बारेमा थाहा पाए । एउटा विदेशमा बस्ने नेपालीलाई राम्रो सँग थाहा हुन्छ मातृभूमिको माया कति हुन्छ भनेर । देशमा रोजगारीका अवसरहरु नहुँदा विदेशिनु नेपालीका लागि बाध्यता जस्तै हो । तर त्यहाँ गएर गरिने मिहेनत पछि बल्ल यति दुःख आफ्नै देशमा गरेको भए पनि हुनेथियो भन्ने ज्ञान पस्दछ । हामी यहाँ ८/१० घण्टा गरेर भएन भन्छौं तर १८/२० घण्टा गरेर हेरौं हुन्छ कि हुँदैन । अर्काको देशमा जति पनि मिहेनत गर्ने तर आफ्नो देशमा नाक खुम्च्याउने परम्परा नै गलत परम्परा हो । हामी सँग पर्याप्त उब्जाउ भूमि छ । त्यही भूमिमा सुन फलाउन सकिन्छ भन्ने सोच नै मेरो नेपालमा खेती किसानी गर्ने प्रमुख आधार हो ।

विदेशमा बस्ने नेपाली दाजुभाईहरुलाई के भन्न चाहानुहुन्छ ?

म उहाँहरुलाई विदेश न बस्नुस भन्न त सक्दिन किनकी सबैका आ–आफ्नै बाध्यताहरु हुन सक्छन् । उहाँहरुले पठाएको पैसाले नै देशको अर्थतन्त्र धानिएको छ । विदेशमा पनि रोजगारीको लागि जानु पर्छ तर नेपालमा उद्योग व्यावसाय तथा कृषि गरेर बस्ने वातावरण भएकाहरुले यहि माटोमा पसिना बगाउनु पर्छ । राम्रो आम्दानी हुने र राम्रो काममा जानु भएका दाजुभाईहरुले विदेश मै बसेर काम गर्दा पनि फरक पर्दैन भने परिश्रम अनुसारको आम्दानी नहुने दाजुभाईहरुले आफ्नै जन्मभूमिमा आएर मिहेनत गर्नु पर्छ भन्न चाहान्छु । यहाँ सम्भावनाहरु धेरै छन् पछिल्लो समयमा राज्य पनि युवा परिचालनमा अग्रसर बन्दै गएको छ । दुःख नगरी खान पुग्दैन । दुःख गर्नै परे पनि आफ्नै देशमा गरौं । घर परिवार सँग बसेर हासी खुशी मिठो नमिठो खाएर रमाऔं भन्न चाहान्छु ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ ?

यहाँ र यहाँको अग्नि परीक्षा राष्ट्रिय साप्ताहिकलाई विशेष धन्यवाद । यहाँ सम्म आएर एउटा कृषकका विचारहरु पत्रिकामा राख्ने अवसर दिनु भएकोमा । हामी सधै भएन र हुँदैन भन्छौं तर गर्दै नगरी भएन भननु गलत हो । परिश्रम गरौं नहुने भन्ने कुरै छैन । काम गर्ने वित्तकै कुनै पनि क्षेत्रबाट प्रतिफल पाउन गाह्रो पर्छ त्यसैले प्रतिक्षा गर्ने शक्तिपनि हामीमा हुनुपर्छ, प्रतिक्षाको फल मिठो हुने हुँदा प्रतिक्षा गर्ने संस्कार बसालौं भन्न चाहान्छु । अग्नि परीक्षा राष्ट्रिय साप्ताहिकबाट

 

प्रतिकृया दिनुहोस