प्रदूषणकै खतराभित्र रुमल्लिँदा

प्रदूषणकै खतराभित्र रुमल्लिँदा

काठमाण्डौं,फागुन १४
नेपालको संविधान २०७२ को धारा ३० ले हरेक नेपालीलाई स्वच्छ वातावरणको हकको व्यवस्था गरेको छ । संविधानमा व्यवस्था भएअनुसार पत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ । त्यस्तै वातावरणीय प्रदूषणबाट हुने क्षतिवापत पीडितलाई प्रदूषणबापत् कानुनबमोजिम क्षतिपूर्ति प्राप्त हुने उल्लेख छ । विकाससम्बन्धी कार्य र वातावरणबीच सन्तुलन गरिने पनि उल्लेख छ । प्रदूषणमुक्त, वातावरण सन्तुलित र संरक्षित हुन धेरै विषयको ख्याल गर्नुपर्ने हुन्छ । त्यसमध्ये वन जंगल पनि प्रमुख हो । सन् १९५४ अर्थात् विसं २०११ सालसम्म हाम्रो मुलुकको ४५ प्रतिशतभन्दा बढी भू–भाग वन क्षेत्र थियो । विसं २०३६ मा आइपुग्दा ४३ प्रतिशत, २०४३ मा आइपुग्दा ३७ प्रतिशत् अर्थात् ४५ प्रतिशतबाट ओरालो लाग्यो । विगतमा आवास पुनर्वास वा अन्य काराणले वन फँडानी धेरै भए । भू–धरातल, माटो, हावापानीले त्यस क्षेत्रको वन वनस्पतिलाई प्रभाव पार्ने हुन्छ । नेपालको परिप्रेक्षमा वातावरणीय संरक्षण सन्तुलन, जलवायु सन्तुलनमा वन सम्पदाको अहम् भूमिका रहन्छ ।

हामीले भ्रमण वर्ष भनी विश्वकै ध्यान आकर्षण गरिरहँदा पनि हामीलाई प्रदूषणको चिन्ताले छोडेको छैन । त्यसो त प्रदूषणबाट मुक्त भनिएका विकसित देशहरू पनि कुनै न कुनै समस्याबाट टाढा भने छैनन् । चीनको कोरोना भाइरस होस् वा यसैपालिको भारत दिल्लीको वातावरणाीय समस्या होस्् अथवा गर्मी यामको नेपालकै डेंगु समस्या होस् हामी सबै कतै न कतैबाट समस्याग्रस्त नै छौँ । यस वर्षको जाडोले बिदा लिन खोजे पनि विगतका गर्मी समयका पीडा ताजै छन् । हाम्रो राजधानी काठमाडौँ लामो समयदेखि प्रदूषित छ । सर्र्वाेच्च अदालतले २ वर्षअघि नै राजधानीको दूषित हावा नियन्त्रण गर्न आदेश दिएकोे थियो । मास्क लगाउँदा पनि शरीरको भित्री भाग फोक्सोमा जााने दुईःपाँच पीएमभन्दा साना धूलाका कणहरू हावामा पाइन्छन् । राजधानीको मूल थलो रत्नपार्क वा पुल्चोक, शंखपार्क वा भैँसेपाटीमा प्रदूषण मापन केन्द्र नभएको होइन । वातावरण विभाग आफैँ भन्छ हावामा हुने धूलाको कण प्रतिघनमिटर ४० हुनुपर्ने हो तर यी क्षेत्रमा सरकारी मापदण्डभन्दा फरक पीएम एक सय ४६ सम्म पुगेको छ । अदालतको ०७४÷९÷३० को इजलासले राजधानी काठमाडौँ उपत्यकाको प्रदूषण न्यून गर्न सवारी जाँचलाई कडाइ गर्ने, सडकमा नियमित पानी छर्कने, ब्रुमरले सडक सफा गर्ने, वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ तत्काल कार्यान्वयन गर्ने आदेश भएको देखिन्छ । सडक पेटीमा अनिवार्य रुख रोप्नु पर्नेजस्ता कार्यहरू पनि पूरा भएका छैनन् । काठमाडौँ महानगरपालिका क्षेत्रमा त १ घर २ रुखको अभियान नै थियो । महानगर नहुँदासम्म बरु एकाध सडकपेटीमा रुखहरू देखिन्थे । भक्तपुर त्रिपुरेश्वर ट्रलिबस विस्थापित नहुन्जेलसम्म उपत्यका राम्रै हरियालीमा थियो । हाल त सडकमा एकै पटक २२ सय रुख कटान भएका खबर बाहिर आएका छन् भने बालाजु चावहिल सडक विस्तारकै क्रममा हुने प्रदूषणको चिन्ता थपिएको छ । पूर्वी क्षेत्र कोशी कोरिडडोरमा एकै पटक छ हजार रुख कटानका खबर पनि छन् । यता कलंकी कोटेश्वर चक्रपथ निर्माणका क्रममा भएका रुखहरूको क्षतिले पूर्णता पाउने अवस्था देखिएको छैन । चावहिल बौद्ध जोरपाटी साँखु सडकमा अहिले निसास्सिने अवस्था छ, वर्षभरि हिलोका कारण र अहिले धुवाँ र धूलाका कारण । कालो सिसाभित्र गुड्नेहरूले एकपटक सरर भ्रमण गर्दा थाहा हुन्छ ती क्षेत्रका दशा, कथा, व्यथा र मुटुमा लाग्ने चोट । सद्दे जवान मानिसको हालत पनि खराब भइसकेको छ । यस्ता फोहोर, खराब वातावरण, प्रदूषणका कारण बुढाबुढी, बाल, रोगीहरूलाई थप चिन्ता लाग्नु स्वाभाविक हो ।

सबैतिर सडक भत्काउँदा प्रदूषण छ, पिच गर्र्दा थप प्रदूषण छ र पिच गरेको हप्ता दिनमा खाने पानी, टेलिकम, विद्युत् लाइनका कारण फेरि भत्काउँदाको प्रदूषण झन् विकराल छ । भूमिगत तारको व्यवस्थापन गर्ने अभियान सायद मेलम्चीको सपने अभियानभन्दा कम हुने छैन । उद्योगबाट हुने प्रदूषणलाई कम गर्न सकिएन, प्रदूषणरहित दिगो यातायात प्रणालीको स्टेशनको विकास गर्न सकिएन, विद्युतीय गाडीहरूको प्रयोग र तिनका लागि आवश्यक पर्ने चार्जिङ स्टेशनहरूको व्यवस्था गर्न सकिएन, २० वर्षे थोत्रा गाडी विस्थापन गर्न सकिएन, काठमाडौँ भित्रिने सवारी साधनमा निगरानी राख्न सकिएन, कति छन् कति गर्न नसकिएका कामहरूका चाङ हामीसँग । यता घरेलु फोहोरको व्यवस्थापन गर्न हम्मे–हम्मे परेकोे छ । यस्ता कामका लागि सबैतिर ठेक्कामा दिइएको छ, मुस्किलले एकाध हप्तामा एक पटक फोहोर उठाउन आएको देखिन्छ, फोहोर हालेका गाडीहरू सडकमा खुला गुड्ने गरेको देखिन्छ, फोहोेर छोपेर मात्र कुदाउने फुर्सद ठेकेदारलाई छैन, ग्राहकसँग पैसा मनपरी उठाउने गरिन्छ, दशैँ बोेनससमेत भनेर थप रकम । हरियाली पर्यटन भन्छौँ हामी तर धार्मिक, सांस्कृतिक क्षेत्रबाट हुने फाहोेरमैला वा प्रदूषण आर्यघाट वा स्वयम्भू, शोभा भगवती या लास विस्थापन गर्ने स्थानमा त झन् गइसक्नु, बसिसक्नु, घुमिसक्नु नै छैन । यस्ता क्षेत्रबाट कुकुरहरूले लासका टुक्राहरू लिएर घरका दैला दैलामा राख्ने गरेका र तिनबाट त्रसित हुने भुक्तभोगीहरूको चिन्ता धेरै छ यहाँ । हामीले इँटा, क्रसर उद्योगबाट निस्कने फोहोर तह लगाउँन जानेनौँ । चिम्नी हेर्ने फुर्सद नै भएन, प्रदूषणरहित प्रविधि राख्ने सोच भएन, जालीहरू राखेर निर्माण पुनर्निर्माण गर्ने याद भएन, आम सर्वसाधारणको स्वास्थ्यप्रति चिन्ता भएन । हाम्रो वातावरण स्वच्छ र पवित्र राख्ने प्रयास भएन सडकपेटीमा रुख रोप्ने ख्यालैै भएन, हराभरा, सफा र सुन्दर गाउँ नगरको सोच भएन, बरु हामीलाई सधैँ चिन्ता भयो एमसीसी कहिले पास गर्ने, रेल र पानीजहाज कहिले दौडाउने ? नेपालीहरू सबैै बिरामी भए वा सबै विदेशिए भने कहाँ र कसलाई गर्ने हो शासन ? रोजगारीमा भौतारिएका नेपाली अनि तिनले पठाएका ७० प्रतिशत विप्रेषण रकम उपभोगमा मात्रै खर्च भइरहेको अवस्था, सिमेन्ट र कंकृृटहरूले भरिएको अशोभनीय सहर र कृत्रिम जीवनशैलीले देश कतिसम्म चल्छ होला ? एक पटक छातीमा हात राखेर नेपाल र नेपालीको भविष्यप्रति सोच्ने हो कि ? मुलुकमा भएको जथाभावि वन फँडानी, अव्यवस्थित बसाइसराइ, अवैज्ञानिक एवं परम्परागत पद्धतिमा आधारित कृषि प्रणाली, अव्यवस्थित र अवैज्ञानिक सहरीकरण, सहर केन्द्रित जनघनत्व, बाढी, पहिरो र आगजनीको समस्यादेखि आधुनिक प्रविधिको अभाव, प्रकोपको सम्भावित क्षेत्रको नक्सांकन गर्न नसकिएको, आवासीय उच्च भवनहरू निर्माण गर्दा न्यूनतम मापदण्ड तय हुन नसकेको जस्ता समस्याहरूले गर्दा हाम्रो वातावरणीय समस्याले हाम्रै लागि ठूला चुनौतीहरू थपेका छन् । काठमाडौँको धुवाँ, धूलो, ट्राफिक जाम, ढल निकासको समस्या, पिउने पानीको अभाव र उपत्यकालाई सरस बनाउने प्रमुख नदीहरूको अवस्था हेर्दा जोकोहीलाई पीडा र छट्पटाहट हुनु स्वाभाविक हो । ढुंगा खानी एवं क्रसर उद्योगबाट पर्ने वातावरणीय समस्या यथावत छ । बिहानैदेखि क्रसर उद्योगमा सुरु हुने धूलो र यातायातको चापले जीवन सञ्चालन कष्टकर बनेको छ । क्रसरको धूलोले खोलाको पानी प्रदूषित भएका छेउ, किनाराका बस्ती बढी मारमा परेको छ । ढुंगाखानीको कारण पानीको मुहान सुकेको, वनक्षेत्र अतिक्रमण भएको र धुवाँ धूलोका कारण दम र छातीको रोग बढ्दै गएको छ । उपत्यकावरिपरिका गाउँमा पानीको मुहानसमेत सुक्नाले ग्रामीण जनताको जीवनसमेत पीडाग्रस्त छ । सहरीक्षेत्रमा अधिकरूपमा सञ्चालन भैरहेका पुराना थोत्रा गाडीहरू र तिनले फाल्ने विषाक्त धुवाँका कारण जीवन कष्टकर बनेको छ ।

नेपालको संविधान २०७२ को धारा ३० ले हरेक नेपालीलाई स्वच्छ वातावरणको हकको व्यवस्था गरेको छ । संविधानमा व्यवस्था भएअनुसार पत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ । त्यस्तै वातावरणीय प्रदूषणबाट हुने क्षतिवापत पीडितलाई प्रदूषणबापत् कानुनबमोजिम क्षतिपूर्ति प्राप्त हुने उल्लेख छ । विकाससम्बन्धी कार्य र वातावरणबीच सन्तुलन गरिने पनि उल्लेख छ । प्रदूषणमुक्त, वातावरण सन्तुलित र संरक्षित हुन धेरै विषयको ख्याल गर्नुपर्ने हुन्छ । त्यसमध्ये वन जंगल पनि प्रमुख हो । सन् १९५४ अर्थात् विसं २०११ सालसम्म हाम्रो मुलुकको ४५ प्रतिशतभन्दा बढी भू–भाग वन क्षेत्र थियो । विसं २०३६ मा आइपुग्दा ४३ प्रतिशत, २०४३ मा आइपुग्दा ३७ प्रतिशत् अर्थात् ४५ प्रतिशतबाट ओरालो लाग्यो । विगतमा आवास पुनर्वास वा अन्य काराणले वन फँडानी धेरै भए । भू–धरातल, माटो, हावापानीले त्यस क्षेत्रको वन वनस्पतिलाई प्रभाव पार्ने हुन्छ । नेपालको परिप्रेक्षमा वातावरणीय संरक्षण सन्तुलन, जलवायु सन्तुलनमा वन सम्पदाको अहम् भूमिका रहन्छ ।
हाम्रो अवस्था हेर्दा पूर्वदेखि पश्चिमसम्म समानान्तर रहेको पहिले ४ कोशसम्म फैलिएको तराई, भावर, चुरे, दुन पर्वतको १२ सय मिटरसम्मको उचाइमा रहेको उष्ण प्रदेशीय जंगल ४ कोशे वन जंगल हो । यस क्षेत्रमा गर्मी बढी र वर्षा पनि बढी नै हुन्छ । यहाँका वन वुटेनहरू मोटा, बलिया, अग्ला सदावहार हराभरा हुन्छन् । साल, सिसौ, सिमल, खयर, ढड्डी, गोंज, सार्व आदि धैरै छन् । आर्थिक र जैविक दृष्टिले अति महत्वपूर्ण यस क्षेत्रमा बाघ, भालु, मृग, गैडा, हात्ति धेरै रहेका छन् । चुरेको माथिल्लो र मध्य भाग एवं महाभारतको तल्लो भागलाई पतझर जंगलले चिनिन्छ । १२ सय मिटरदेखि २१ सय मिटरसम्मको यसको क्षेत्र हो । यसको मथिल्लो भाग बढी चिसो हुने गर्छ, तुसारो पर्छ । धेरै पात झर्ने गर्छन् । कडा र नरम दुवै खालका वृक्षहरू छन् । यहाँ साल, सल्लो, दिनदारु, ओखर, कटुस, चाँप, लाकुरी, पलाँस, पिपल, चिलाउने, गुराँस, वर, सिमल, उत्तिस, बाँस, चोपलगायत धेरै छन् । माथि भनिएको सदावहार चारकोशे झाडीका रुखभन्दा यी कम गुणस्तरका छन् । सधैँ चिसो भइरहने हिमपात भैरहने क्षेत्र हो यो । २१ सय एकदेखि ३३ सय ५० मिटरसम्मको उचाइ, महाभारतको माथिल्लो क्षेत्र, हिमाली क्षेत्रको तल्लो भाग यसमा पर्दछ । यहाँको माटो सेपिलो छ । नरम खालका रुखहरू, सिमल, धुपी, उत्तिस, बाँस, गुराँस चिलाउने, वेतबाँस भोजपत्र धेरै पाइन्छन् यहाँ ।
तापक्रम अति न्यून, वर्षा अति न्यून हुने क्षेत्र जसको उचाई तीन हजार तीन सय ५१ मिटरदेखि पाँच हजार मिटरसम्मको छ यस्तो हिमाली क्षेत्र यसमा पर्दछ । बुल्क जलवायुका कारण, कडा, मोटा अनि अग्ला रुखहरू यहाँ टिक्न सक्तैनन्, गुराँस, निगाला हल्का झाडीजस्ता रुखहरू भने तीन हजार छ सय मिटरको उचाइसम्म केही सप्रन्छन् । पुकीपूmल, जडीबुटी भने यस क्षेत्रमा रहने गर्छन् । पाँच हजार मिटरभन्दा माथि भने हिमपात भइरहने हुनाले त्यस्ता क्षेत्रमा वन, वनस्पती हँुदैनन् । जहाँ हिउँ अड्न सक्तैनन् त्यस्ता क्षेत्रमा वन, वनस्पती हुँदैनन् । जहाँ हिउँ अड्न सक्तैनन् त्यस्तो भिरालो क्षेत्रमा लेउ, काइ देखिन्छन् । हुर्कन, उम्रन नसक्ने यस्तो क्षेत्रमा उम्रिएका लेउ, भ्mयाउलाई भने शीत भूमिको वनस्पति वा टुण्ड्रा भन्ने गरिन्छ ।

प्राकृतिक वातावरणको संरक्षण, पुनस्र्थापन र वुद्धिमतापूर्ण उपयोगमा जोड दिने, सहरी प्रदूषणलाई रोकथाम गर्ने र ग्रामीण क्षेत्रलाई स्वच्छ, सफा, हराभरा सुन्दर पारी स्वच्छ वातावरणमा मानिसहरूलाई बाँच्न पाउने हकको सुनिश्चितता प्रदान गर्दै वातावरण व्यवस्थापन सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको प्रभावकारी कार्यान्वयन गर्ने मूल उद्देश्य लिएर विगतका योजना हाम्रासामु प्रस्तुत भएका थिए । त्यसो त छैटौँ पञ्चवर्षीय योजना अवधिदेखि नै हाम्रो मुलुक वातावरणप्रति सचेत हुँदै आएको हो । हाम्रो मुलुकले दर्शाएको अन्तर्राष्ट्रिय प्रतिबद्धता, वातावरणसम्बन्धी सन्धि, महासन्धिलाई अनुमोदन गर्दैै दिगो विकासको अवधारणालाई आत्मसात् गर्दै आएको हो । वातावरण निर्देशिका २०५३, वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ कार्यान्वयन हुँदै आएको हो । सहश्राब्दी विकास लक्ष्य र नेपालको दिगो विकासको एजेण्डामा वातावरणीय पक्षलाई उच्च प्राथमिकता दिइएको हो । स्थानीय स्तरमा वातावरण सुधार कार्यक्रम, जनचेतना अभिवृद्धिका कार्यक्रम, विकास योजना तर्जुमा गर्दा वातावरणीय पक्षलाई समावेश गर्ने कार्य, वातावरण शिक्षातर्पm प्राथमिकतहदेखि विश्व विद्यालयस्तरसम्म शिक्षाको पठनपाठन सुरु भएर राष्ट्रियस्तरका उच्चस्तरीय जनशक्ति उत्पादनका कार्यसम्म यस क्षेत्रबाट भएका छन् ।

वैदिक भूमि र पूर्वीय संस्कार, संस्कृति र सम्पदाको स्रोतकेन्द्र सगरमाथा बोकेको नेपाली भूमि र नेपालको ओजोन तहमा देखा परेको वातावरणीय समस्याले दिनप्रदिन उग्ररूप लिँदै छ । काठमाडौँकै मुटु मुख्य नदीहरूमा जीवन पटक्कै नपाइनुले आजभन्दा भोलिको काठमाडौँ सहर थप जटिल हुनेछ । काठमाडौँमा भएको अव्यवस्थित सहरीकरणका कारण, सिमेन्टका ठूला खम्बाहरूझैँ ठूला भवनहरू देखापरेका छन् । त्यहीँबाट निस्काशित प्रदूषणको कारण काठमाडौँको स्रोतभूमिको पानी प्रदूषित बनेको छ । नदीहरूमा अक्सिजन शून्यप्राय छ । बागमती, विष्णुमती आदि उपत्यकाका धेरै सहायक नदीहरूमा अब जीवन छैन ।जलवायु परिवर्तका कारण जैविक प्रजातिमाथि थप संकट पैदा हुन थालेको छ, पानीका स्रोत, जीव प्रणाली र मानवीय स्वास्थ्यमा प्रतिकूल असर परेको छ । तराईको ६० मिटर उचाइदेखि हिमाली हिमरेखासम्मको वनस्पति तथा जैविक विविधतामा असर पुगेकोे छ, फलस्वरूप फल फूल्ने, फल लाग्ने, पात झर्ने समयमा परिवर्तन देखा पर्दै छ भने होचो ठाउँमा हुने वनस्पति अग्ला ठाउँतिर पाइन थालेका छन् । हामी भने सगरमाथा दिवस भन्दै नाक फुलाउँदै छौैँ । हाम्रो अभियानले किन सार्थकता पाउन सकेन ? एक पटक सोच्ने हो कि ?

प्रतिकृया दिनुहोस



विविध

Techie