मेरो दिल छ पोखरामा फागुन ५ गते विशेष शो हुँदै

मेरो दिल छ पोखरामा फागुन ५ गते विशेष शो हुँदै

काठमान्डौं, माघ १२
गीतकार तथा चलचित्र निर्देशक शंकर अधिकारीको निर्देशनमा निमार्ण भएको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको आगामी फागुन ५ गते काठमान्डौंमा विशेष प्रदर्शन गरिने निमार्ण पक्षले बताएको छ । कला राईको प्रस्तुतीमा रहेको सिनेमा मेरो दिल छ पोखरामा को बिशेष शो यही फागुन ५ गते दिनको २ बजे बागबजार को सिटिम्याक्स सिनेमा भवनमा गरिने भएको छ । चलचित्र मा राजु पौड्याल ,रन्जु रन्जना, गंगा कुवँर, लक्ष्मी श्रेष्ठ, दिप कुलुङ, कला राई, हेमलता घिमिरे र राजन महर्जन को अभिनय रहेको छ । नेपाली सिनेमा भित्रको बास्तविक कथालाई चलचित्रमा उठाइएको चलचित्रका निर्देशक घायलले बताए ।

रामकृष्ण कडेलको छायांकन, देव महर्जनको द्वन्द, बिश्वास भण्डारी को सम्पादन, राजन महर्जन को नृत्य छ । शंकर अधिकारी र दिपेन्द्र खड्का को गीत, पुरुषोत्तम न्यौपाने, पुष्कर सुनुवार, सिडि बिजय अधिकारी र शंकर अधिकारी घायलको संगीत, नित्याशिवा, ममता मगर पुरुषोत्तम न्यौपाने र सिडि बिजय अधिकारी को स्वर रहेको छ । चलचित्रलाई चैत्र १४ गते अल नेपाल रिलिज गरिने समेत चलचित्रका निर्देशकले बताए ।

प्रतिकृया दिनुहोस


Techie