गीतकार घिमिरेको गीत 'मौनता' बजारमा

गीतकार घिमिरेको गीत 'मौनता' बजारमा

काठमाण्डौ, पुस १६
बिदेशमा रहेर पनि नेपाली गीत संगितको बिकासमा क्रियाशील गीतकार दुर्गा खनाल घिमिरेले नयाँ बर्षको अवसरमा नयाँ गीत मौनता लिएर आएकी छिन् । सूगम संगितका चर्चित गायक रामकृष्ण ढकाल दम्पतीको सम्बन्ध विच्छेद भएको समाचार आइरहेपनि गायक रामकृष्ण ढकालले लेखेको फेसबुक स्टाटसले भने वास्तविकता के हो भन्ने वारे थप अन्योल थपेको छ । तर पनि उनै गायक रामकृष्णले भर्खर बजारमा आएको गीतबाट आफ्ना भनाइ सार्वजनिक गरेका छन् । अगेजी नयाँ बर्षमा गीत उनको नयाँ गीत मौनता सार्वजनिक भएको छ ।

नेपालका मिडियामा ढकालको बारेमा आएका हल्लाहरू के हुन भन्नेबारे कि अदालतका दस्तावेज जान्दछन कि उनका दम्पती नै जान्दछन तर पनि जुन गीतको म्यूजिक भिडियो बजारमा आएको छ यसले समेत ढकालका भावनाहरू गीत बाटै आफ्ना दर्शक र श्रोताहरुलाइ बाड्न चाहेको प्रष्ट देखिन्छ । मौनतामा उनिहरुको बिचमा के कस्ता कुराहरु भएका थिए र आज आएर उनकी पत्नी निलम शाहले किन बाटो मोडिन के यो दुर्घटना मात्र हो कि यसको अरु कुनै रहस्य छ यो जान्न भने गीत पुरा हेर्नु पर्ने छ । गायक ढकालले पारिवारिक सम्बन्ध अति सुमधुर रहोस गीत र भिडियो मनोरन्जन मात्र बनोस भन्ने मा डि फोर क्रियशनको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

दुर्गा खनाल घिमीरेको शव्दलाई दिपक शर्माले म्यूजिक दिएका छन भने स्वर रामकृष्ण ढकालको रहेको म्यूजिक भिडियोमा रामकृष्ण ढकाल र मरिस्का पोख्रेलको अभिनय हेर्न सकिन्छ । म्युजिक भिडियोको नृत्य निर्देशक शिव विकले गरेका छन भने सम्पादन अर्जुन जि सी र कोरियोग्राफर कृष्ण बहादुर थापाले गरेका छन । म्यूजिक भिडियोको निर्देशन चलचित्र निर्देशक साथै द्वन्द निर्देशक चन्द्र पन्तले गर्नु भएको छ । यो म्यूजिक भिडियो को उत्पादन र बजारमा ल्याउने काम डि फोर क्रियशन युटबुब च्यानल मार्फत गरेको छ । गीतकार खनाले यस अघि पनि पशुपतिमा सुनैको गजुर बोलको चर्चित गित बजारमा ल्याएकी थिईन् ।

प्रतिकृया दिनुहोस



विविध

Techie