मेरो दिल छ पोखराको “कुमारी कुमारी”

मेरो दिल छ पोखराको “कुमारी कुमारी”

काठमान्डौं, पुस ३
बिजि बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुती रहेको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको “कुमारी कुमारी” गीतको भिडियो सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको लेखन र निर्देशनमा राम महर्जन र क्रेजा महर्जन र सावर अधिकारी को निर्माण रहेको मुभी फागुन २ गते रिलिज हुने भएको छ । कुमारी कुमारी तिमी मेरो दिल कुमारी बोलको भिडियो रिलिज गर्दै सो जानकारी गराइएको हो ।

नित्याशिवा र पुरुषोत्तम न्यौपाने को आवाज मा पुरुषोत्तम न्यौपाने को संगीत अनि शंकर अधिकारी घायलको गीत रहेको छ भने सो गीतमा राजु पौड्याल र रन्जु रन्जनाको अभिनय रहेको छ। राजु पौड्याल ,रन्जु रन्जना, रोशन बिसि, गङा कुवर, लक्ष्मी श्रेष्ठ, कला राई, दिपक राई र हेमलता घिमिरे को मुख्य भुमिका रहेको छ । छायांकन रामकृष्ण कडेल, नृत्य राजन महर्जन, द्वन्द्व देव महर्जन, सम्पादन बिश्वास भण्डारी, संगीत पुरुषोत्तम न्यौपाने, पुष्कर सुनुवार, सिडि बिजय अधिकारी गीत शंकर अधिकारी घायल र दिपेन्द्र खड्का को रहेको छ । नित्याशिवा, पुरुषोत्तम न्यौपाने, सिडि बिजय अधिकारी, ममता रानाको स्वर रहेको छ ।

प्रतिकृया दिनुहोस



विविध

Techie