गायक प्रमोदको ‘आज फेरि’ गीतको म्युजिक भिडियो सार्वजनिक

गायक प्रमोदको ‘आज फेरि’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ मंसिर १४
गायक प्रमोद प्रसाईको ‘आज फेरि’ नामको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली फिल्ममा समेत आवाज दिएका उनले पहिलो आधुनिक गीत सार्वजनिक गरेका हुन् । हाइलाइटस नेपालमार्फत रिलिज गरिएको गीतमा गायक प्रसाई स्वयंको स्वर रहेको छ । उनको स्वरलाई नेपाली स्रोता तथा दर्शकहरूले रुचाइसकेका छन् । आजको समयमा गीत सुन्ने मात्र नभएर हेर्नको लागि समेत माग रहने हुदाँ म्युजिक भिडियो तयार गरेको कुरा प्रसाईले बताए । उनले गीतअनुसारको म्युजिक भिडियो बनेको हँुदा स्रोता तथा दर्शकहरूले अत्यधिक रुचाउने बताए ।
म्युजिक भिडियोमा सञ्चारकर्मी रमेश तिवारी, याम बिमली र सुजा पौडेलको अभिनय देख्न सकिन्छ । भिडियोलाई शुन्दर लाओतीले निर्देशन गरेका हुन् ।
गीतमा सुषमा प्रसाई बिमलीको शब्द तथा ‘लाबोनीप्रमोद’को संगीत छ । लामो सयमदेखि सांगीतिक क्षेत्रमा रहेका प्रसाईको गीतमा प्रेमपछिको विछोडलाई चित्रण गरिएको छ । गीतमा प्रेमिकासँगको विछोडपछि सम्हालिन नसकेको र पीडाबाट भाग्नको लागि मादकपदार्थलाई साथी बनाउनुपरेको कुरा सुन्दर ढङ्गले देखाइएको छ ।

सेल्फी मिडिया प्रालिको ब्यानरमा निमार्ण गरिएको ‘आज फेरि’मा शिरकुमार साम्पाङको छायाङ्कन, निर्देशक लाओतीको सम्पादन तथा विकास धमलाको कलर रहेको छ ।
इलोक्ट्रोनिक्स इन्जिनियरिङगमा डिप्लोमा गरेपश्चात् संगीत अध्ययनमा लागेका उनले भारतको रवीन्द्र भारती विश्वविद्यालय, कोलकत्ताबाट सास्त्रीय संगीतमा स्नोतकोत्तरसम्मको अध्ययन सन् २०१४ मा गरेका हुन् । संगीत अध्ययनको क्रममा करिब ९ वर्ष भारतमा बिताएर नेपालमा आफ्नो गायनको यात्रा सुरु गरेका उनले आफेनो श्रीमती सहपाठी लाबोनीका साथमा संगीतकार ‘लाबोनीप्रमोद’को रुपमा संगीतिक श्रेत्रमा प्रवेश गरेका छन् ।

प्रतिकृया दिनुहोस