कोरोनाविरुद्ध चिनियाँ प्रयास सफल बन्दै गर्दा विश्व सेयरबजार उत्साहित

कोरोनाविरुद्ध चिनियाँ प्रयास सफल बन्दै गर्दा विश्व सेयरबजार उत्साहित

लन्डन, फागुन ६
कोरोनाभाइरस फैलिएसँगै निराश बनेका लगानीकर्तालाई मद्दत गर्न र आर्थिक स्थायित्व कायम गर्न चीनले चालेको प्रयाससँगै विश्व सेयरबजार सोमबार सकारात्मक देखिएको छ । एजेन्सीहरुका अनुसार पान युरोपियन स्टोक्स ६०० र जर्मनीको डीएएक्स उच्च कीर्तिमान कायम गरेका थिए । त्यस्तै ४७ देशको सेयरबजार ट्रयाक गर्ने द एमएससीआई अल कन्ट्री वल्र्ड इन्डेक्स शून्य दशमलव ०१ प्रतिशतले बढेको थियो ।

यता एसियामा एमएससीआईको इन्डेक्स अफ एसिया प्यासिफिक सेयर पनि शून्य दशमलव १४ प्रतिशतले बढेको बताइएको छ । चीनको केन्द्रीय बैंकले ब्याजदर कटौती गरेपनि ब्लुचिप इन्डेक्स पनि २.२५ प्रतिशतले चढेको छ । तर जापानको निक्की शून्य दशमलव ७ प्रतिशतले घटेको छ । कोरोना भाइरसको असर जापानी सेयरबजारमा देखिएको हो । त्यस्तै व्यापारमा आश्रित सिंगापुरको चालू वर्षको आर्थिक वृद्धिदर अनुमान कटौती गरिएको छ । सोमबार दक्षिण कोरियाको कोस्पी स्थिर रहे पनि अस्ट्रेलियन, सिंगापुर र मलेसियाली सेयर सूचकहरु कमजोर बनेका थिए । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie