प्रदेशकै उत्कृष्ट अस्पताल बनाउने प्रयास

प्रदेशकै उत्कृष्ट अस्पताल बनाउने प्रयास

बझाङ, माघ २९
बझाङ जिल्ला अस्पताललाई प्रदेशभरिकै उत्कृष्ट बनाउने प्रयासमा जुटिरहेको अस्पताल प्रशासनले जनाएको छ । सुदूरपश्चिम प्रदेशभरिमा रहेका अस्पतालमध्ये जिल्ला अस्पताल बझाङले विभिन्न सूचकांकलाई आधार मान्दा कुल ७० प्रतिशत अंक प्राप्त गरेको छ । आउँदा दिनमा कसरी उत्कृष्ट अस्पतालका रुपमा घोषित गर्ने भनेर लागिपरेको जिल्ला अस्पतालका कार्यालय प्रमुख डा. सन्दिप ओखेडाले बताए ।

स्वास्थ्य क्षेत्रमा न्यूनतम सेवा गुणस्तर मापदण्ड मापनमा दिइने ३५० अंकमा प्रदेशभरि रहेका जिल्ला अस्पताल तथा जिल्लास्तरका प्राथमिक अस्पतालमध्ये बझाङले अस्पतालले ७० प्रतिशत अंक ल्याएर तेस्रो भएको थियो । जिल्ला अस्पतालहरूले न्यूनतम रूपमा प्रदान गर्नुपर्ने सेवा ओपीडी, प्रयोगशाला, एक्सरे, शल्यक्रिया, भिडियो एक्सरे, इमरजेन्सी ईसीजी, मातृसेवा शिशु क्लिनिक, रक्तदान, सुरक्षित गर्भपतन, फर्मेसी, क्षयरोग एम्बुलेन्स डेन्टल सेवा लगायत विषयमा प्रत्येक छ/छ महिनामा मापन हुने गर्छ ।

सुशासन तथा व्यवस्थापन, उपचार सेवा र अस्पतालका सहयोगी संयन्त्र गरी अस्पतालको सेवाको गुणस्तर मापन गरिएको क्षेत्रीय स्वास्थ्य सेवा अन्य रोगहरुको उपचार जिल्ला अस्पतालबाट हुने पनि कार्यालय प्रमुख ओखेडाले जानकारी दिए । पहिलाको जिल्ला अस्पतालको अवस्थाभन्दा अहिले निकै सुधार भएको सेवाग्राही जनक सिंहले बताए । उनले भने, ‘पहिला अस्पतालमा आउँदा फोहोरका कारण झन बिरामी भएर जानुपर्ने अवस्था थियो अहिले त्यो अवस्थाको अन्य भएको छ ।’ (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस



विविध

Techie