डीएभी सुशील केडिया विद्यालयको वार्षिकोत्सव

डीएभी सुशील केडिया विद्यालयको वार्षिकोत्सव

काठमाडौं, पुस ४
जाउलाखेलस्थित डीएभी सुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयले २७औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रम नेपालस्थित भारतीय राजदूतावासका डेप्युटी चिफ अफ मिसन, डा. अजय कुमार उपस्थितिमा बुधबार भएको हो । नेपालका शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको समेत यस समारोहमा उपस्थित गरिएको थियो ।

यस सँगसँगै विद्यालयका कक्षा नर्सरीदेखि १२ सम्मका विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरूलाई वार्षिक पुरस्कारमार्फत सम्मान गरिएको थियो । विश्व साहित्य, संस्कृति, भाषा र कला क्षेत्रमा संलग्न रहेका लागि उक्त दिन प्रदर्शनमा रहने विश्व साहित्यमा लिखित तर लोपोन्मुख अवस्थामा रहेका सांस्कृतिक धरोहर र सम्पदाहरू सम्मिलित साङ्गितिक नाट्य यात्रा जीवनको विलक्षण अनुभव गरिएको थियो । सांस्कृतिक कायक्रमका वर्षभरिकै छानिएका र तिखारिएका सर्वोत्कृष्ट विद्यार्थीहरुको प्रदर्शन रहेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie