
त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन सङ्कायका डीन प्रा. डा. डिल्लीराज शर्माले गुणस्तरीय शिक्षाका लागि हाम्रो नभई राम्रो जनशक्तिले स्थान पाउनुपर्ने बताएका छन् । जनप्रिय बहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सवका अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा उनले अन्तरराष्ट्रिय बजारमा पठाउन सक्ने किसिमको योग्य जनशक्ति तयार गर्ने गरी शैक्षिक संस्था लाग्नुपर्ने बताए ।
वेडफोरसियर विश्वविद्यालयसँग सम्बद्धता लिएको पीसीपीएस कलेजले होटल सोल्टी क्राउन प्लाजामा आफनो दोस्रोे दीक्षान्त समारोह आयोजना गरेको छ । पीसीपीएस कलेज २१ वर्ष लामो इतिहास बोकेको एलबीईएफ ग्रूप अफ इन्स्टिच्युसन्ससँग आबद्ध भई इ.सं. २०१७ देखि नेपालमा
चितवन र नारायणगढमा भएको अन्तरविद्यालय नृत्य प्रतियोगिताको उपाधी ओम शान्ति एकाडेमीले हात पारेको छ । लिटिल फ्लावर स्कुल नारायणगढले आयोजना गरेको अन्तरविद्यालय नृत्य प्रतियोगितामा नगद पुरस्कारसहित ओमशान्ती एकाडेमीले उपाधि जितेको हो । चितवन
तिलोत्तमा नगरपालिका १६ मा अवस्थित पशुपति कलेजले आफ्नो १४औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न गरेको छ । कलेजका कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद उपाध्यय ज्ञवालीको अध्यक्षता, पूर्व मन्त्री तथा संघीय
जिल्ला अस्पताल फाप्लुमा करिब ३ हप्तापछि चिकित्सकको व्यवस्था भएको छ । सोलु दुधकुण्ड नगरपालिकाले छ महिनाको लागि एमबीबीएस डाक्टरको व्यवस्था गरेको जनाएको छ । नगरपालिकाले नियुक्त गरेको डाक्टर स्मृती गौतमले आइतबारदेखि सेवा दिन थालेको अस्पतालले
सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकामा निर्माण हुने दूधकोशी सामुदायिक अस्पताललाई करिब डेढ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । गाउँपालिका केन्द्र मुक्लीमा निर्माण हुने अस्पतालको लागि स्थानीय सौरब किराँत थुलुङ्ग राई र भीषण कुमार राईले संयुक्त रुपमा उक्त
एक सातादेखि डाक्टरविहीन बनेको सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा सोलुदुधकुण्ड नगरपालिकाले आफ्नै खर्चमा डाक्टरको व्यवस्था गर्ने भएको छ । अस्पतालमा कार्यरत डा. रमिन महर्जन समायोजनमा ललितपुर गएपछि अघिल्लो
कर्मचारीको अभावका कारण दोलखाको शैलुङ गाउँपालिका ४ को मागापौवामा सञ्चालनमा रहेको बर्थिङ सेन्टर बन्द भएको छ । गत भदौबाट सञ्चालनमा आएको बर्थिङ सेन्टर एक महिना नपुग्दै असोजको पहिलो साता नै बन्द भएको छ । कार्यालयमा काम गर्ने कर्मचारी अभावका
जिल्लाको केपिलासगढी गाउँपालिकाका सबै वडाहरुमा सुरक्षित बर्थिंङ सेन्टर सञ्चालनमा आएको छ । गाउँपालिका अन्तरगतका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएसँगै गाउँपालिकामा पूर्णरुपमा बर्थिङ सेन्टरको सुविधा पुगेको छ । सातवटा वडा रहेको गाउँपालिकाका फेदी,
शिक्षालाई समाजको हितमा प्रयोग गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । शिक्षालाई निजीकरण नगरी देश र जनताको हितमा उपयोग गर्नुपर्ने उनीहरुको भनाई थियो । चाँंगुनारायण दुवाकोटस्थित नेपाल इन्जिनियरिंग कलेजका संस्थापक अध्यक्ष प्रा.डा. स्वर्गीय
संघीयतापछि सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लु डाक्टरविहीन बन्दै गएको छ । कुनै समय ११औँ तहको विशेषज्ञ डाक्टरसहित ३५ जना स्वाथ्यकर्मी कार्यरत जिल्ला अस्पतालमा अहिले १८ जना हुँदै १० जनामा दरबन्दी झारिएको छ । १० जनमा पनि अहिले ६ जना स्वाथ्यकर्मी अभाव रहेको छ ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सबै वडाहरुमा सुरक्षित वर्थिङ सेन्टर तथा प्रसूति केन्द्रको स्थापना गरिएको छ । गर्भवती, सुत्केरी महिलाहरु तथा नवजात शिशुलाई प्रभावकारी स्वास्थ्य सेवाको पहुँच पु-याउँदै उनीहरुको जीवनरक्षाका लागि बतासेमा सातौं लागि बर्थिङ सेन्टरको स्थापना गरिएसँगै गाउँपालिकाका सबै वडामा
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले सातवटै प्रदेशमा चोटपटक उपचार केन्द्र(ट्रमा सेन्टर) स्थापना गर्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सडक दुर्घटना तथा विपत्मा परेकालाई विशेषज्ञसहितको उपचार गर्न ट्रमा सेन्टर खोल्ने तयारी गरेको उनले बताए । विश्व ट्रमा दिवसका अवसरमा
सोेलुखुम्बको नेचा सल्यान गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानको दन्त मेसिन प्रयोगविहीन बनेको छ । स्वास्थ्य केन्द्रमा प्राप्त उक्त मेसिन जनशक्ति अभावका कारण करिब २ वर्ष देखि प्रयोगमा आउन नसकेको हो । स्वास्थ्य केन्द्रमा दातँसम्बन्धी उपचारमा आवश्यक सामग्री भए पनि जनशक्ती व्यवस्थापन हुन नसक्दा सेवा प्रवाह
नेपालमा सुर्ती उद्योगीको हस्तक्षेपका कारण सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रण हुन नसकेको एक अध्ययनले देखाएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक)ले गरेको अध्ययनका अनुसार सुर्ती उद्यमीले विभिन्न नाममा ब्राण्डको प्रचार गर्ने, चुरोट सेवन गर्न उत्प्रेरणा दिने, कानुन कार्यान्वयनमा भाँजो हाल्ने गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रलायले महाकाली अञ्चल अस्पताललाई नामको बीचमा रहेको अञ्चल हटाएर महाकाली अस्पताल बनाएको छ । तर अस्पतालमा डाक्टरको व्यवस्था नहुँदा बिरामीले पाउने सास्ती भने फेरिन सकेको छैन । प्रदेश सरकारले महाकाली
स्वास्थ्य चौकी भवन जीर्ण भएर भुँइमा पानी जमेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भएको छ । विसं २०४९ सालमा तत्कालीन गाविसको पहलमा निर्माण गरिएको भवन जीर्ण हुँदा वर्षातको पानी छानाबाट चुहिने र भित्तातर्फको पर्खालबाट समेत पानी निस्केर भुँइमा जमेर
काठमाडौंस्थित कालीमाटीमा बृहत् रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेड, नमो हारती बचत तथा ऋण सहकारी संस्था लि, रोटरी क्लब अफ काठमाडौं वेष्ट तथा एफएच ग्रुपद्वारा शनिबार संयुक्त रुपमा आयोजित उक्त रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परीक्षण
तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । गर्मी मौसम शुरुआतसँगै उक्त रोगबाट बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला अझ बढी प्रभावित भएका छन् । अस्पतालमा पहिला दैनिक ७५ देखि १०० सम्म बिरामी आउने गरेकामा अहिले झण्डै दोब्बर बिरामी उपचारका लागि
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन हुने भएको छ । यसै शैक्षिक सत्रबाट गाउँपालिकाले ‘डिप्लोमा इन सिभिल इन्जिनियरिङको कक्षा सञ्चालन गर्ने भएको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट अनुमति लिएर गाउँपालिकाले कक्षा सञ्चालनको तयारीमा जुटेको