नेपाल एसबीआई बैंकले कमायो एक अर्ब ४३ करोड

नेपाल एसबीआई बैंकले कमायो एक अर्ब ४३ करोड

काठमाडौँ, जेठ १५
नेपाल एसबीआई बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ४३ करोड ८२ लाख ११ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ६० करोड छ लाख ४७ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी आठ अर्ब ९५ करोड ६२ लाख छ हजार रूपैयाँ रहेको बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ७० करोड २५ लाख एक हजार रूपैयाँ निक्षेप संकलन गरी ९५ अर्ब २१ करोड ६८ लाख ८६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा तीन अर्ब १३ करोड ९८ लाख ९३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैकमा शून्य दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने बैकले ९७ अर्ब ९२ करोड ४४ लाख ४४ हजार रूपैयाँ निक्षेप संकलन गरी ८४ अर्ब ३८ करोड ६३ लाख ६३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ३५ करोड ७२ लाख १० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie