नेपाल एग्रो लघुुवित्तको नाफा ६८ लाख १० हजार

नेपाल एग्रो लघुुवित्तको नाफा ६८ लाख १० हजार

काठमाडौँ जेठ ८
नेपाल एग्रो लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ६८ लाख १० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ९१ लाख २४ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी पाँच करोड ७२ लाख ४४ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा २४ करोड ४८ लाख ५६ हजार रूपैयाँ निक्षेप संकलन गरी ७१ करोड पाँच लाख ८५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा दुुई करोड ८९ लाख ७७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा संस्थाले १७ करोड २८ लाख ९५ हजार रूपैयाँ निक्षेप संंकलन गरी ५८ करोड तीन लाख ३४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड तीन लाख ११ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie