ज्योति विकास बैंकको क्षेत्रीय र शाखा कार्यालय इटहरीमा

ज्योति विकास बैंकको क्षेत्रीय र शाखा कार्यालय इटहरीमा

काठमाडौं, चैत १०
ज्योति विकास बैंकले इटहरी उपमहानगरपालिकामा बैंकको क्षेत्रीय कार्यालय र शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । बैंकले इटहरी उपमहानगरपालिकामा आफ्नै भवनमा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकिङ सेवाको पहुँच थप विस्तार गर्दै जनतामाझ पु-याउने उद्देश्यका साथ ज्योति विकास बैंकले उक्त क्षेत्रमा क्षेत्रीय कार्यालय र शाखा कार्यालय सञ्चालन गरेको हो ।

इटहरी उपमहानगरपालिका वडा नं ५, सुनसरीस्थित क्षेत्रीय कार्यालयको उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी तथा ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्तरूपमा गरेका हुुन् । समारोहमा बोल्दै मेयर चौधरीले ज्योति विकास बैंकले पूर्वी क्षेत्रमा सञ्चालनमा ल्याएका कार्यालयहरूले सेवाग्राहीलाई थप सेवा मिल्ने तथा विभिन्न कर्जा सेवाले गर्दा उद्यमशीलतामा थप टेवा पुग्ने कुराले आफू हर्षित भएको बताए ।

साथै, इटहरी उपमहानगरपालिका वडा नं ६, सुनसरीस्थित ज्योति विकास बैंकको शाखा कार्यालयको उद्घाटन उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलले गरेका हुुन् । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत, बैंकका अन्य कर्मचारी, ग्राहकवर्गहरू तथा स्थानीय व्यवसायीहरूको पनि उपस्थिति रहेको थियो ।

हाल ज्योतिले एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ५६ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले तीन लाखभन्दा बढी खाताबाट करिब ३४ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब २९ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie