सिटिजन्स बैंकको साधारणसभा स्थगित

सिटिजन्स बैंकको साधारणसभा स्थगित

काठमाडौं, चैत १०
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले डाकेको पाँचौ विशेष साधारणसभा स्थगित गरेको छ । यही चैत १० गतेका दिन अमृतभोग, कालिकास्थान, डिल्लीबजार काठमाडौँमा गरिने भनिएको पाँचौ विशेष साधारणसभा विश्वभरि फैलिएको कोरोना भाइरसको जोखिम र नेपाल सरकारबाट जारी निर्देशन र सूचनाअनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाइएकोले सा निर्देशन र सूचनाको परिपालना गर्दै बैंकको सञ्चालक समितिको मिति २०७६/१२/०८ शनिबारका दिन सम्पन्न तीन सय ३०औं बैठकको निर्णयअनुसार अर्को सूचना नभएसम्मको लागि उक्त विशेष साधारणसभालाई स्थगित गरिएको बैंकले जनाएको छ । यसवाट सेयरधनीहरूलाई पर्न गएको असुविधाप्रति बैंक क्षमाप्राथि रहेको जनाएको छ ।

बैंकले हाल आफ्नो देशैभरि फैलिएर रहेका ९४ वटा शाखा, ९४ वटा एटीएम र एक सय तीनवटा शाखारहित बैंकिङएकाइहरूबाट करिब पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । कोरोना भाइरस महामारीको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु-याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङलगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie