सिभिल बैंकको शाखा अत्तरखेलमा

सिभिल बैंकको शाखा अत्तरखेलमा

काठमाडौं, चैत ९
सिभिल बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं जिल्लाको अत्तरखेलमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा सिभिल बैंकका सञ्चालक समितिका सदस्य भीमानन्द ढुंगानाले संयुक्तरुपमा गरेका हुन् ।

नेपाल सरकारद्वारा कोरोना रोगबाट बच्नका लागि जारी गरिएको सूचनालाई पालन गर्दै पूर्वनिर्धारित उद्घाटन समारोहलाई स्थगित गरी अनौपचारिक रुपमै अत्तरखेल शाखाको उद्घाटन गरिएको बैंकले जानकारी दिएको छ । सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ओख्रेनी माध्यमिक विद्यालय, सुन्दरीजल, काठमाडौंलाई विद्यालयको इ–लाइब्रेरीको लागि एक थान कम्प्युटर तथा रामजानकी आधारभूत विद्यालय, नयॉपाटी, काठमाडौंका विद्यार्थीहरुका लागि ५० थान स्कूल ब्याग हस्तान्तरण गरेको छ ।

सो कम्प्युटर तथा स्कूल ब्याग सिभिल बैंकका सञ्चालक समितिका सदस्य भीमानन्द ढुंगानाद्वारा सम्बन्धित विद्यालयका पदाधिकारीलाई प्रदान गरिएको हो । गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले अत्तरखेलमा शाखा स्थापनासँगै व्यापार व्यवसाय विस्तार तथा रोजगारी सिर्जनाका लागि अनुकूल वातावरणलाई प्रोत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिँदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफूलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफूसँग भएको सानो सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे ।

उक्त समारोहका सभापति तथा बैंकका सञ्चालक समितिका सदस्य ढुंगानाले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिताविना आर्थिक समृद्धि सम्भव नहुने बताए । हालसम्म चार लाख ३० हजारभन्दा बढी ग्राहकहरु रहेको करिब ५४ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ५२ अर्ब कर्जा लगानी गरेकोे छ । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय १३ वटा शाखाहरु तथा दुई वटा एक्स्टेन्सन काउन्टर र पाँचवटा शाखारहित बैंकिङ सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie