एनएमबी बैंकको एक सय ६४औं शाखा रोल्पाको माडीमा

एनएमबी बैंकको एक सय ६४औं शाखा रोल्पाको माडीमा

काठमाडौं, फागुन १८
एनएमबी बैंकले रोल्पाको माडीमा आफ्नो एक सय ६४औं शाखा सञ्चालनमा ल्याएको छ । ऊर्जामन्त्री वर्षमान पुन र पवन कुमार गोल्याण, अध्यक्ष, एनएमबी बैंकले संयुक्तरूपमा बिहीबार माडीमा बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुुन् । २४ वर्षदेखि ग्राहक सेवामा समर्पित एनएमबी बैंकले आफ्नो नवीनतम् सेवा तथा सुविधाहरूद्वारा ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्यका साथ यस शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले हाल देशभरि छरिएर रहेका आफ्ना एक सय ६४ शाखा सञ्जाल, एक सय ३१ वटा एटीएमलगायत अन्य वैकल्पिक वितरण प्रणालीसमेतको माध्यमबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।(आर्थिक दैनिक बाट)

प्रतिकृया दिनुहोस


Techie