‘नेपालका कम्युनिष्टहरू सर्वहारा होइनन्’

‘नेपालका कम्युनिष्टहरू सर्वहारा होइनन्’

काठमाण्डौं,फागुन १६
हिजो राजालाई हेलिकोप्टर चढ्यो, मोज ग¥यो, भोज ग¥यो भनेर सत्तोसराप गर्ने तिनै कम्युनिष्ट आज आफैँ राजा भएका छन् । सञ्चार मन्त्री गोकुल बाँस्कोटाले एक अर्ब घुस खान खोजेको कुराले उनको मन्त्रीपद समेत गयो । देशको ढुकुटी दोहन गर्ने हजारौँ राजा पैदा भएका छन् । नेपालको प्राकृतिक स्रोत मात्रै परिचालन गर्ने हो भने आज देश कहाँबाट कहाँ पुगिसक्थ्यो । जनता मात्रै सर्वहारा वर्ग हुन्, नेता सबै कुलीन वर्गमा पर्छन् । नेपालका कम्युनिष्टहरू सर्वहारा हँुदै होइनन् । धर्मचाहिँ अर्काको मान्ने । नक्कल अरुकै उतार्न खोज्ने अनि नाराचाहिँ जातीय लैंगिक, वर्गीय र भौगोलिक खोज्ने यही हो सर्वहारा हुँ भन्नेहरूको आदत । सीमाहीन सन्सारको सपना देख्ने कार्लमाक्सले राज्यलाई टुटाउने र फुटाउने कुरा कहिले नगर्दा पनि आखिर रसिया टुक्रा–टुक्रा भयो ।दुई धार्नीको केक बोकेर परिवारजनसहित हाम्रा अभिभावक अर्थात् यो मुलुकका प्रधानमन्त्री केपी ओलीज्यू आफ्नो जन्मघर बर्थडे मनाउन पुग्नुभो । सर्वहारा वर्गका नेताले हेलिकोप्टर चढेर जन्मदिन मनाउन आफ्नो जन्मघर जानु खर्चिलो त छँदै थियो त्यसमा पनि नेपालकै नक्सा बनाएर केक काट्नुचाहिँ उहाँलार्ई पटक्कै सुहाएको थिएन । उहाँ आफैँ भन्नुहुन्थ्यो यो मुलुक केक हो र चिरा–चिरा पारेर भाग लाउँदै हिँड्ने ? तर आज नेपाललार्ई केक बनाएर चिरा–चिरा पारी भोजमा खाइयो । प्रधानमन्त्रीज्यू आफैँले आफ्ना भाषणमा भन्ने गर्नुहुन्छ संस्कृतिलाई खर्चिलो र भड्किलो होइन सहज र कम खर्चिलो बनाउँदै जानुपर्छ भनेर तर उहाँले आफ्नो जन्मदिनको केक हेलिकोप्टरबाट बोकेर लैजानुभो आठराई । हेलिकोप्टरको खर्च त राज्यकै ढुकुटीबाट खर्चिएको होला वा उहाँले यति समूहबाट सहयोग पाउनुभो होला ।

खर्च बेहोर्नेले पनि सित्तैमा त बेहोर्दैन होला । बदलामा कति फाइदा लिने हुन्, त्यसमा पनि राज्यकोष नै दोहन हुन्छ । प्रधानमन्त्रीज्यू जन्मदिनमा केक काट्नु के नेपाली संस्कार र संस्कृतिभित्रको कुरा हो र ? तपाईंले त केक काटेर अरुलाई पनि पश्चिमा संस्कृति अपनाउन प्रेरणा दिनुभयो । हामी चिन्तित छौँ, आजको दिनमा नेपालीले आफ्नो संस्कृति भुल्दै गएकोमा सबैभन्दा धेरै चिन्तित त तपाईं हुनुपर्ने थियो कि नेपालीले आफ्नो भाषा भेष धर्म संस्कार परम्परा मर्यादा र रितिथिति बिर्सँदै गएकोमा । जुम्लामा सिटामोल खान नपाएर बिमारीहरू ज्यानको जोखिम मोलिरहेको खबर अखबारका पानामा छापिएको भोलिपल्टै तपाईं हेलिकोप्टर चढेर बर्थडे मनाउन जानुभो । यो खबर त तपाईंले पनि अनलाइनमा वा छापा मिडियामा सुनिरहनुभएको थियो होला, जुम्लाको कन्तबिजोक । कम्युनिष्टहरूमा दयामाया, हरि, संस्कार हँुदैन भन्थे हाम्रा बाजेहरूले । तर, म तिनका कुरालाई पत्याउँदिन थिएँ । आखिर राम्रा विचार वा सिद्धान्तले मनुष्यलार्ई दानवी प्रवृत्तिबाट ईश्वर सत्तामा पु¥याउने हो । केपी ओलीले बुझेको नेपाल र अरु सामान्य जनताले बुझेको नेपाल आखिर उही नै हो । सर्वसाधारण आफ्नो जन्मदिन मनाउन यसरी नेपालको नक्सा बनाएर केक काट्दैनन्, फरक यति नै हो । आखिर मन नै त हो तपाईंलार्ई पनि लाग्यो होला आफ्नो थाकथलोमा वरिपरि गाउँले दाजुभाइ भेला गराएर बर्थडे केक काट्ने । आखिर रहर रहर नै हो । हिजो मृत्युशैयामा पुग्दा डाक्टर उपेन्द्र देवकोटाले हेलिकोप्टर चढेर आफ्नो इच्छा गोर्खा पालुङटार सिस्नेधाराको एक अञ्जुली पानी पिउने थियो तर उनले आफ्नो निजी खर्च गरेर इच्छा पूरा गरेका थिए । पुगिसरी आउँदा हेलिकोप्टर चढ्ने जसको पनि चाहना हुन्छ वा होला । जनताबाट उठाइएको करबाट कसैले पनि मोज र भोज नगरोस् ।

हिजो राजालाई हेलिकोप्टर चढ्यो, मोज ग¥यो, भोज ग¥यो भनेर सत्तोसराप गर्ने तिनै कम्युनिष्ट आज आफैँ राजा भएका छन् । सञ्चार मन्त्री गोकुल बाँस्कोटाले एक अर्ब घुस खान खोजेको कुराले उनको मन्त्रीपद समेत गयो । देशको ढुकुटी दोहन गर्ने हजारौँ राजा पैदा भएका छन् । नेपालको प्राकृतिक स्रोत मात्रै परिचालन गर्ने हो भने आज देश कहाँबाट कहाँ पुगिसक्थ्यो । जनता मात्रै सर्वहारा वर्ग हुन्, नेता सबै कुलीन वर्गमा पर्छन् । नेपालका कम्युनिष्टहरू सर्वहारा हँुदै होइनन् । धर्मचाहिँ अर्काको मान्ने । नक्कल अरुकै उतार्न खोज्ने अनि नाराचाहिँ जातीय लैंगिक, वर्गीय र भौगोलिक खोज्ने यही हो सर्वहारा हुँ भन्नेहरूको आदत । सीमाहीन सन्सारको सपना देख्ने कार्लमाक्सले राज्यलाई टुटाउने र फुटाउने कुरा कहिले नगर्दा पनि आखिर रसिया टुक्रा–टुक्रा भयो । त्यही रसियन राजनीतिका पृष्ठभूमिमा पलिएका हामी र हाम्रो समाजवादउन्मुख समाज । हामी साम्यवादी होइनौँ तर कम्युनिष्ट हौँ । हामी आफूलाई समाजवादी हौँ भन्छौँ तर विचार र आचार पुँजीवादको छ । आखिर हाम्रा विचार हाम्रा थिएनन् यो कोही र कसैबाट कहीँकतैबाट आयातित थिए र त्यसैको अनुसरणमा हामीले आफूलाई अभ्यस्त बनायौँ । प्रधानमन्त्रीज्यूले केक काट्नु पनि आयातीत संस्कृतिको उपहार थियो । उनलाई मात्रै के दोष, समाजले जे गरे, जे गरिरहेछन् उनले पनि त्यही गरे र भोलिका सन्तानले पनि यही गर्नेछन् । संस्कृति परिवर्तनका नाउँमा खराब कुरा जस्ताको तस्तै रहे रहिरहेछन् । अनि राम्रा कुराचाहिँ लोप हुनथालेका छन् । सबै कुरो सेटिङमा चलिरहेको छ । एकपछि अर्को भ्रष्टाचारको कोरोना भाइरस फैलिरहेको छ । मनुष्यको मन सबैभन्दा दोषी छ संस्कृति विचलनका लागि । संस्कृति जोगाउने नाममा छाउगोठ भत्काउनु हुन्न भनेको होइन । रितिथिति बचाउने नाउँमा बोक्सी र धामीझाँक्री असल भन्न खोजेको पनि होइन । हाम्रो संस्कार थिएन, जन्मदिनमा केक काट्ने चलन र यो चलनलाई सम्माननीय प्रधानमन्त्रीज्यूले अन्ततः अनुशरण गर्नुभयो । सबैभन्दा लोभी मनलार्ई नियन्त्रण गर्न नसक्ता नै ठूला मान्छेको पतन भएको छ । मन लोभी छ । मनको घैँटो कहिले भरिँदैन । मनको घैँटो भरियो भने फेरि विकास पनि हँुदैन । मान्छे लोभी छ । यही लोभ, लालच, इष्र्या र आशाले नै पृथ्वीमा विकास भएको हो । भोक लागेन भने मान्छेले उत्पादन पनि गर्दैन । विकासवादी सिद्धान्तअनुसार प्रतिस्पर्धामा पछाडि पर्नेहरू यो सन्सारबाट लोप भएर जान्छन् । लोप हुन कुन जीवन चाहन्छ र ? काटेको भोलिपल्टै केराको बोटबाट अर्को हरियो गुभो निस्केको हुन्छ । गुलाफको काँडा काटेको आँख्लाबाट अर्को टुसो पलाइसकेको हुन्छ । दुवो चुँडेर माला नगाँच्स्दै भोलिपल्ट शीत परेको चौरमा उही हरीया अनन्त दुवाहरू मौलाइसकेको देखिन्छ । हिमालयबाट पग्लेको हिउँ हो महासागर । फेरि त्यही महासागर हिउँ बनिदिन्छ । सूर्य कहिले अस्तायो र यहाँ ? उसका किरणहरू कहिले पो निभ्यो र ?

भुुरुरु उड्ने चरीलाई कुन वैज्ञानिकले पखेटा हालिदिए र ? फूलहरू फूलिरहेकै छन् । कसले परागसेचन गराइदिएको छ र ? उसको यौवन त ऊ आफैँ पोखिरहेकै छ नि । ऊ आफैँ रमाइरहेकै छ । जुनेली किरणलाई हत्केलाले छोप्न सक्ने भए मानिसले पृथ्वी नै अँध्यारो पारिदिन्थे होलान् ! पानीलाई पेट्रोल बनाउन सक्ने भए समुन्द्रको लागि युद्ध गर्थे होलान् देशहरू । मान्छेले सक्ने भए सूर्यलाई आफ्नै देशमा रोक्थे होलान् र उज्यालोलार्ई आफ्नै भूमिमा कैद गर्थे होलान् । मान्छेभित्र रहेको ‘म’ अहंकारको आगो हो । त्यो आगो बलिरहन्छ हमेसा । त्यो आगो नभएर ज्योति हो । तर, त्यो ‘म’रुपी ज्योतिलार्ई बुद्ध र कृष्णले मात्रै दियालो बनाए । म स्वयं अहंकार हो । गान्धीले ‘म’लार्ई निभाउन खोजे । महावीरले ‘म’लार्ई दबाए । ओसो रजनिशले ‘म’लार्ई बुझ्ने प्रयत्न गरे । निदाएका मान्छेहरूले ‘म’लार्ई हमेसा च्याप्छन् तर जागृत मान्छेले ‘म’लार्ई छोडिदिन्छन् । वास्तवमा ‘म’ बोकेका भए बुद्ध जङ्गल जाँदैनथे र आज पृथ्वीको आधा पाटो बुद्धको ज्ञानले दिक्षित हुने अवसर गुमाउने थियो । बुद्धको संस्कारमा जन्मेको हामी नेपाली सबैभन्दा झगडालु देखियौ ।
तिमीले बिरुवाहरूमा कहिले अहंकार देख्यौ ? तिमीले पहाडलार्ई सधैं त कुल्चेर हिँडिरह्यौ तर खोइ तिम्रो कुल्चाइलाई पहाडले कहिले विरोध ग¥यो र ? हामी कसाइ हाँै । एकाबिहानै निर्दोष खसीलार्ई धारिलो खुकुरीले घाँटीमा रेट्छौँ र अन्जान बोल्न नसक्ने एउटा जीवनलार्ई समाप्त पारिदिन्छौँ । कसले दियो त्यो कथित अधिकार तिमीलाई ? कुन संविधानमा लेखेको छ कि त्यो निरीह पशुलाई मारेर तिमीले उसको मासु बेच्नु भन्ने ? विषालु सर्पले पनि तिमीलाई यतिकै आक्रमण गर्दैन । तिमीभित्रको त्यो अहम ‘म’लार्ई तिमीले दबाएको भए त्यो सर्पले तिमीलाई किन डस्न आउँथ्यो र ?फूलहरूलाई न स्वर्गको आस छ न नर्गको त्रास छ । तिम्रो ‘म’ मेरो ‘म’ उसको ‘म’ उनीहरूको ‘म’ले जगतलाई कोपरिरहेको छ । शरीरको नाङ्गोलाई त लुगाफाटोले ढाक्छौ तर मनभित्र नाङ्गो ‘म’लाई त नाङ्गै राखेका छौ नि । कुनै पनि आवरणले छोपिँदैन यो । गान्धीजीले गरीबका आधा ढाकेको शरीर देखेरै हो आफू पनि आजीवन एउटा धोतीमै जिन्दगी बिताएका । यो सिङ्गो पृथ्वीको ठेक्कात न तिमीले लिन सक्छ्यौ न मैले नै लिन सक्छु । तर, तिम्रो र मेरो यो आशाको आधा गाग्रो कतिन्जेलसम्म छचल्किरहने हो मैले बुझिन । कहिले भरिने हो यो लोभको आकाश ? बिन्ती भनिदेऊ मलार्ई एकचोटी । तिमी समुद्रजस्तै कहिले हुने ? म फूलजस्तै कहिले हुने ? ऊ जुनजस्तै कहिले हुने ? उनीहरू उषाको किरणजस्तै कहिले हुने ? हामी सधैँ संक्रमणमा कतिन्जेलसम्म बाँचिरहने ?आज बिहानै घरबाट स्वच्छ हावा खान बाहिर निस्किएँ । बाटोमा बगरेको मासु पसल थियो । उसको मासु पसल भएर नाली बग्छ । त्यहीँभित्र काटेको खसीको रगत लादी बगिरहेको हुन्छ । झिंगा किरा सडकको धुलो लाम्खुट्टे आदि आदि सबै त्यो मासुमा मिसिन्छ । त्यो पसलेको श्रीमतीले मार हान्छिन् खसी छिनाल्छिन् । तिनी नाकको रोगी छिन् आफैँ । सीसाभित्र सफा गरेर राख्छ तर ऊ सधैं फुर्सदिलो देख्छु । वास्तविकता के हो ? के हामीलार्ई फोहोर नै मन परेको हो त ? हामी नाङ्गो मनपराउछौँ सभ्यता होइन । हामी आफ्नो जन्मदिनमा गरीबलार्ई एक छाक खान दिएर होइन मैदाको केक काटेर खुसी हुन मन पराउछौँ ।

हत्या गर्नुपहिले आजकल बगरेहरूले खसीबोकालाई सुइ दिन्छन् ता कि मासु रोगी भए पनि राम्रो देखियोस र मासुको तौल बढोस् । घिरौँलो लौका फर्सी र काक्रोमा सुइ हालेर बेच्न बाध्य छन् आजका कृषक । फरक यति हो मासु बगरेले बेच्छ तरकारी कृषकले बेच्छ । हामीमा धर्म किन मर्दै गएको ? हामी किन दिनप्रतिदिन पापी हुँदै गएको ? हामी किन झेली, चोर, फटाह, बदमास हँुदै गएको ? हामी किन अमानव हुँदै गएको ? यो बगरेको उदाहरण मैले किन दिएको भने अर्धनग्न महिलालाई सुन्दरी र मोडल बनाएर उसको सौन्दर्यको व्यापार गर्छन्, आजकल सुन्दरताको खेती गर्ने आधुनिक बगरेहरूले । तिनै व्यक्ति हुन् महिलालार्ई बेश्यावृत्तिमा लाग्न प्रेरित गर्ने र महिला पात्र बगरेले काट्न डोहो¥याएको खसीबोकाजस्तै बनिरहेका छन् । पैसारूपी घाँस छरिदिन्छन् मुखमा अनि तिनकै पछि लाग्छन् ती नानीहरू हरियो देखेर । तिनलाई रूपको घमण्ड छ । तिनका नखरा विचित्रको छ । तिनीहरू आफूलाई उर्वशी र मेनका सम्झन्छन् । गालामा चाउरी नपरुन्जेल, रूपको धोती महिलो नहुन्जेल तिनीहरूको भाउ बढिरहेको हुन्छ । उनीहरू आफूलाई गुलाफको फूल सग तुलना गर्छन् । पुरुषको कालो छायाँले जब हमला गर्छ अनि होसमा आउछन् र भन्छन् ‘होशियार तिमी पुरुषहरू पापका भडखारा हौ’ । म पुरुष आफैँ बगरे हुँ । भो नगर मेरो विश्वास र नचढाऊ तिम्रो कौमार्य । धर्म हराउँदै छ । हिंस्रक पशु देखेर डर लाग्दैन आजकल जति मान्छे देखेर लाग्छ । मभित्रको यो ज्योतिरुपि म किन कालो कालो बन्दै गएको ?यो सताब्दीको सबैभन्दा दुःखद कुरा पहिला पहिला वस्तुको व्यापार हुन्थ्यो तर अहिले मान्छे मान्छेको व्यापार हुन्छ । मान्छे वस्तु भयो । मान्छे निर्जीव भयो । मान्छे अमानव भयो । देउता एउटा बहाना बनायो उसले धर्म गरेको छु भनेर देखाउनलार्ई । हरेक पापकर्मको अगाडि देवता साक्षी बस्दै आएको छ । गल्तीको भारी बिसाउने ठाँउ मन्दिर भएको छ । दिलको दुरुहता, दिमागको छलता अनि मनको मदोन्मादता सबै बिसाइदिने ठाँउ मन्दिर भैदियो । मन्दिरमै गएर रुन्छ मान्छे । चोखिएको भ्रममा सन्तोष लिएर फर्किन्छ । बिहानभरि पूजा गरेको मान्छे तर आफ्नै सजातिसँग बगरेजस्तो व्यवहार गर्छ । विचित्रको प्राणी हो मान्छे । मैले मान्छे भएर जन्मिएकोमा कहिले कुनै गर्व गर्न सकिनँ । बरु फूल, रुख, पात, नदी, जून हुन पाएको भए मलार्ई न स्वर्गको आश हुन्थ्यो न नर्कको त्रास हुन्थ्यो । म निर्भिक बाँच्थेँ र निस्फिक्री हाँस्थेँ ।

प्रतिकृया दिनुहोस



विविध

Techie