मेट लाइफद्वारा काभ्रेमा पुनर्निर्माणका लागि सहयोग

मेट लाइफद्वारा काभ्रेमा पुनर्निर्माणका लागि सहयोग

काठमाडौं, फागुन ११
मेट लाइफ नेपालका एक सय ३० जना कर्मचारीहरु २०७५ माघ २९ देखि फागुन २ गतेसम्म ह्याबिट्याट फर ह्युम्यानिटीसँग सहकार्य गरी पाँँचखाल काभ्रेको भूकम्प प्रभावित क्षेत्रमा आवास पुनर्निर्माणकार्यमा स्वयंसेवकको रुपमा संलग्न भएका छन् ।

स्वयंसेवीको टोलीमा मेट लाइफ नेपालको भाइस प्रेसिडेन्ट र जेनेरल म्यानेजर निर्मलकाजी श्रेष्ठसँगै हेड अफ अपरेसन, रामकुमार यादव सामेल रहेका थिए । समुदायको अवास निर्माण गर्ने कार्यमा स्वयंसेवीहरु स्थानीय समुदाय सँगसँगै ढुंगा फुटाउने, इट्टा बोक्ने र स्वेलिङ गर्ने जस्ता कार्यमा संलग्न भएका थिए । मेटलाइफले पुनर्निर्माण कार्यमा ह्याबिट्याट फर ह्युम्यानिटिसँग सहकार्य गर्न पाउँदो गौरव महसुस भएको जनाएको छ । ‘हरेक दिन विश्वका लाखौं ग्राहकका सम्पत्ति, वित्तीय व्यवस्था, परिवार र भविष्यको संरक्षण गर्ने प्रयास गर्दछौं र हाम्रो स्वयंसेवाको प्रयास हामीले गर्ने कार्यको विस्तारित रुप हो’, कम्पनीले भनेको छ ।

‘स्वयंसेवाको कार्यले हामीलाई स्थानीय समुदायसँग अन्तक्र्रिया गर्ने मौका त मिल्यो नै यसले उनीहरु र उनीहरुको परिवार सँगसँगै काम गर्ने, उनीहरुको जीवनलाई नजिकबाट नियाल्ने र उनीहरुको आवश्यकता बुझ्ने मौका पायौँ’, निर्मलकाजी श्रेष्ठले भने । मेट लाइफले एसियाका धेरै देशमा ह्याबिट्याट फर ह्युम्यानिटीसँग विभिन्न आयोजनाहरुमा काम गरिसकेको छ । सन् २०१९ मा मेट लाइफका आठ हजार एक सयभन्दा बढी स्वयंसेवीले एसियाका नौ देशमा २५ हजारभन्दा बढी घण्टा समयको योगदान दिइसकेका छन् । (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस


Techie