बैंक अफ काठमाडौँद्वारा अस्पताल निर्माणको लागि एक करोड सहयोग

बैंक अफ काठमाडौँद्वारा अस्पताल निर्माणको लागि एक करोड सहयोग

काठमाण्डौं,फागुन ८
बैंक अफ काठमाडौँले अस्पताल निर्माणको लागि एक करोड रूपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालको अगुवाइमा बन्नलागेको बाल अस्पताललाई एक करोड रूपैयाँ सहयोग गरेको हो । यसैगरी बैंकले आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका महिला पत्रकारहरूको क्षमता विकासको लागि पनि आर्थिक पत्रकार समाज (सेजन)लाई पाँच लाख रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

बैंकका अनुसार आफ्नो २५औं वाषिर्कोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । गभर्नर चिरञ्जीवी नेपालले डा. कोइरालालाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुुन् । यो रकमबाट अस्पतालको आईसीयू कक्ष निर्माण हुुनेछ । बैंकका अनुुसार डा. कोइरालाको अध्यक्ष रहेको काठमाडौँं इन्सिच्युट अफ चाइल्ड हेल्थ (किओच)ले काठमाडौँंसहित सातवटै प्रदेशमा बाल अस्पताल स्थापना गर्ने योजना बनाएको छ । सबै अस्पताल निर्माणको लागि दुई अर्ब रूपैयाँभन्दा बढीको लगानी संकलन गर्ने लक्ष्य लिएको छ ।

ती सबै अस्पतालहरूको निर्माण कार्य २०२२ भित्र सम्पन्न गर्ने बताइएको छ । बैंकले हाल १० एक्टेन्सन काउन्टरसहित देशभर ८७ शाखा र ७८ एटीएम काउन्टरमार्फत वित्तीय सो उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०७६÷७७ को दोस्रो त्रैमासिकको अन्त्यको वित्तीय विवरणअनुसार बैंकले गत आवको दोस्रो त्रैमासको तुलनामा खुद मुनाफामा २० प्रतिशतले वृद्धि गरी ८८ करोड ३८ लाख कमाउन सफल भएको छ । साथै यस अवधिमा बैंकको निक्षेप र कर्जामा अघिल्लो वर्षको तुलनामा क्रमशः सात दशमलव ८४ प्रतिशत र नौ दशमलव १४ प्रतिशतले वृद्धि भई क्रमशः ९० अर्ब ११ करोड तथा ८२ अर्ब ४९ अर्ब पु¥याउन सफल जानकारी बैंकले दिएको छ । (आर्थिक दैनिक बाट)

प्रतिकृया दिनुहोस


Techie