सिभिल बैंक र हेल्भेटासबीच सम्झौता

सिभिल बैंक र हेल्भेटासबीच सम्झौता

काठमाडौं, मंसिर १६
सिभिल बैंक लिमिटेड र हेल्भेटास स्वीस इन्टरकर्पोरेशन नेपालबीच सम्झौता भएको छ । बैंकले हेल्भेटासको सहकार्यमा प्रदेश नं. २ र कर्णाली प्रदेशभित्रका वित्तीय पहुँच नपुगेका स्थानीय निकायहरुमा वित्तीय पहुँच पु-याउनुका साथै शीप प्रवर्द्धन, व्यावसायिक कृषि तथा उत्पादनमूलक तालिम प्रदान गरी उक्त क्षेत्रको कृषि व्यवसायलाई आधुनिकीकरण तथा बजारीकरण गर्ने विषयमा सम्झौता भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र हेल्भेटास स्वीस इन्टरकर्पोरेसन नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. भरतकुमार पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार हेल्भेटास स्वीस इन्टरकर्पोरेसन नेपालले प्रदेश नं. २ र कर्णाली प्रदेशभित्रका स्थानीय कृषकहरुलाई प्राविधिक तालिम प्रदान गर्नुका साथै कृषि बजारलाई व्यवस्थित गर्न कार्य गर्नेछ, भने बैंकले वित्तीय साक्षरता प्रदान गर्दै उक्त क्षेत्रमा शाखारहित बैकिङ सेवामार्फत बैकिङ सेवा प्रदान गर्नेछ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस