रसुवाको टिमुरेमा प्रभु बैंक

रसुवाको टिमुरेमा प्रभु बैंक

काठमाडौं, मंसिर १६
प्रभु बैंक लिमिटेडले रसुवाको टिमुरेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने शुक्रबारदेखि बैंकले गोसाइकुण्ड गाउँपालिका– २ स्थित टिमुरेमा आफ्नो एक सय ९८औं शाखा सञ्चालनमा ल्याएको हो । शाखा कार्यालयको गोसाइकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथि तामाङले प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । साथै उनले बैंकको यो अभियानले बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।

टिमुरे शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरु लाभान्वित हुनेछन् । स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकास भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा टिमुरे शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ । (आर्थिक दैनिकबाट)

 

प्रतिकृया दिनुहोस