नेपाल बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकको सहयोग

काठमाडौं, मंसिर १६
नेपाल बंगलादेश बैंकले निसहाय सेवा सदनलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत, शान्तिनगर, नयाँ बानेश्वर काठमाडौँस्थित सदनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बैंकका अनुसार सो रकम सदनका निसहाय ज्येष्ठ नागरिकहरुका लागि आवश्यक पर्ने विभिन्न सामग्री जुटाउन उपलब्ध गराइएको हो । यो सहयोगले सदनमा आश्रित सबै ज्येष्ठ नागरिकलाई बसोबास तथा स्वास्थ्य उपचारमा सहज हुने सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठले जानकारी गराए ।

साथै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराए । बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले सो नाराअनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस