सहयोगी विकास बैंकद्वारा एटीएम सेवा सुरु

सहयोगी विकास बैंकद्वारा एटीएम सेवा सुरु

काठमाडौँ, फागुन २९
सहयोगी विकास बैंक लिमिटेडले एटीएम सेवाको शुुभारम्भ गरेको छ । बैंकले आफ्नो आधुनिक सेवा विस्तारको क्रममा एटीएम सेवाको विधिवत् शुभारम्भ गरेको जानकारी दिएको छ । उक्त एटीएमको बैंकका अध्यक्ष उदयकान्त झा ‘जीवन’ ले शुभारम्भ गरेका हुुन् । बैंकका केन्द्रीय कार्यालय विद्यापति चोकमा रहेको एटीएमको विधिवत् उद्घाटन गरी एटीएम सेवा सञ्चालनमा आएको बैंकका अध्यक्ष झाले जानकारी दिएका छन् ।

बैंकका अनुसार बैंकको यो एटीएमबाट नेपालको साथै भारतमा रहेको एटीएम नगद झिक्न तथा कारोबार गर्न सकिनेछ । बैंकको केन्द्रीय कार्यालयलगायत महोत्तरीको बर्दिवास शाखा, गौशला शाखा र जलेश्वर शाखा गरी जम्मा चार वटा शाखा कार्यालयहरुमा एटीएम शाखा सञ्चालनमा आएको छ । यस एटीएम टर्मिनलहरु मार्फत सहयोगी विकास बैंकको अतिरिक्त अन्य बैंक तथा वित्तीय संस्थाका महानुभावहरुले समेत सहज रुपमा कारोबार गर्न सक्नेछन् । जनकपुरधाममा केन्द्रीय कार्यालय रही २०६० साल कात्तिक महिनादेखि कारोबार सुरु गरेको बैंकले धनुषा, महोत्तरी र सिन्धुली जिल्लाहरुमा गरी हाल १३ वटा शाखा कार्यालयहरुबाट बैंकिङ सेवा दिइरहेको आर्थिक दैनिक

प्रतिकृया दिनुहोस


Techie