नेपाल इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर केएमसीमा

नेपाल इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर केएमसीमा

काठमाडौं, फागुुन २८
नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा आफ्नो ११ औं एक्सटेन्सन काउन्टर र १११ औं एटीएम एकसाथ खोलेको छ । काउन्टर र एटीएमको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र काठमाडौं मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रा. डा. दामोदरप्रसाद पोखरेलले संयुक्तरुपमा उद्घाटन गरेका हुुन् । बैंकका अनुसार सोही दिनबाट केएमसीमा जन्मने नवजात शिशुहरुको खाता खोलिएमा निःशुल्क ५०० रुपैयाँ खातामा राखिदिने र उक्त खातामा बैंकले तोकेको न्यूनतम औसत मौज्दात जम्मा भएपछि जन्मदिनमा बैंकले केक उपहार दिने बताइएको छ ।

काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्ने छ । मासिक लगभग ३० हजार बिरामीको उपचार हुने केएमसीमा मेडिकल साइन्सका विभिन्न संकायमा एक हजारभन्दा बढी विद्यार्थीहरु अध्यायनरत छन् भने एक हजारकै हाराहरीमा डाक्टर तथा कर्मचारीहरु कार्यरत छन् । विगत लामो समयदेखि आफ्नो सेवा प्रदान गरिरहेको केएमसीसँगको नाता मजबुत बनाउने र आर्थिक कारोबारमा सहजता प्रदान गर्ने उद्देश्यले बैंकले सेवा विस्तार गरेको जनाएको छ ।

बैंकले हाल ७८ वटा शाखा कार्यालय, १० वटा एक्सटेन्सन काउन्टर, नौ वटा राजस्व सङ्कलन एक्सटेन्सन काउन्टर, ५१ वटा शाखारहित बैंकिङ सुविधा, एक सय ११ वटा एटीएम तथा तीन हजार सात सय ८३ वटा पस मेसिनबाट सेवा दिइरहेको छ । बैंक अफ दि एयर प्राप्त गरिसकेको एनआईबीएलले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण युरोमनी नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट युरोमनी अवार्ड फर एक्सीलेन्स बेष्ट बैंक २०१८ प्राप्त गर्न सफल भएको छ । साथै बैंक यसै वर्ष इक्रा नेपालद्वारा प्रदान गरिँदै आएको क्रेडिट रेटिङमा ए बाट ए प्लस ल्याई स्तरोन्नति भएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie