कामना सेवाको झापामा पनि शाखा

कामना सेवाको झापामा पनि शाखा

काठमाडौं, फागुुन २८
कामना सेवा विकास बैंक लिमिटेडले झापामा पनि शाखा विस्तार गरेको छ । बैंकले दमक नगरपालिकाको वडा नं ०६, सन्तवीर चोकमा फागुन २७ गते सोमबार आफ्नो ६९ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो । बैंकका सञ्चालक समिति सदस्य भीमप्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्तरुपमा कारोबार शुभारम्भ गरेका हुुन् ।

प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा प्रदेश नं. १ को दोस्रो शाखा भएको र थप सात शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने बताउँदै बैंकको आगामी रणनीतिको बारेमा समेत जानकारी दिए । काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६८ वटा शाखा कार्यालयहरु तथा २० वटा एटीएममार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।साथै बैंकले एबीबीएस, इन्टरनेशनल बैंकिङ, मोबाइल बैंकिङ, सि—आस्वालगायका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie