सेयर बजारमा उच्च अंकले वृद्धि

अन्यबाहेक सबै समूहले कमाउँदा ४० करोडको कारोबार

काठमाडौं, फागुन २८
सेयर बजारमा उच्च अंकले सुधार आएको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक १४ दशमलव २८ अंकले उकालो लागेर ११ सय ४२ दशमलव ९३ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन तीन दशमलव १३ अंकले उकालो लागेर दुुई सय ४३ दशमलव २६ अंकमा चढेको छ । यसदिन कुुल एक सय ७१ कम्पनीहरुको छ हजार सात सय ५३ वटा कारोबारमा १३ लाख ४७ हजार ४८ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ४० करोड २८ लाख ४० हजार दुुई सय १३ रुपैयाँ पुुगेको छ । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन ११ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार अन्य समूहको सूचक एक दशमलव ६२ अंकले ओरालो लागेर सात सय एक दशमलव २६ बिन्दुुमा झरेको छ बाँकी समूहको सूचक उच्च अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक १७ दशमलव १८ अंकले उकालो लागेर नौ सय ८१ दशमलव ६६ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि १० दशमलव १७ अंकले उकालो लागेर १४ सय ४३ दशमलव ८५ अंकमा पुुगेर रोकिएको छ । जलविद्युुत् समूहको सूचक पनि २७ दशमलव ९७ अंकले उकालो लागेर ११ सय ५९ दशमलव ६२ अंकमा चढेकोमा फाइनान्स समूहको सूचक पनि दुुई दशमलव ५७ अंकले उकालो लागेर पाँच सय ९७ दशमलव ८९ अंकमा पुुगेर रोकिएको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ७९ दशमलव ७२ अंकले उकालो लागेर पाँच हजार पाँच सय ४० दशमलव ५५ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि छ दशमलव ३६ अंकले उकालो लागेर पाँच हजार नौ सय ५० दशमलव ६५ अंकमा पुुगेर रोकिएको छ । यीबाहेक ट्रेडिङ, होटल, उत्पादनमूलक र लघुवित्त समूहको कारोबार सूचक पनि क्रमशः दुुई दशमलव सात, १२ दशमलव १४, तीन दशमलव ९६ र १४ दशमलव २३ अंकले बढेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको ङादी ग्रुुप पावर कम्पनीको सेयर मूल्य आठ रुपैयाँ ७७ पैसाले बढेर एक सय २४ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको कञ्चन डेभलपमेन्ट बैंकको सेयर मूल्य सात रुपैयाँ ८४ पैसाले बढेर एक सय ६५ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेशनल हाइड्रोपावर कम्पनी, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् । गुुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सेन्ट्रल फाइनान्सको सेयर मूल्य तीन रुपैयाँ ६६ पैसाले घटेर एक सय पाँच रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य तीन रुपैयाँ ४३ पैसाले घटेर छ सय १८ रुपैयाँमा किनबेच भएको छ ।

यीबाहेक हाथ्वे फाइनान्स, वरुण हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन रकम कारोबारका आधारमा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ । उक्त कम्पनीको प्रतिकित्ता ११ सय १६ रुपैयाँ अन्तिम मूल्यमा दुुई करोड ८९ लाख ८६ हजार ६६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनआइसी एसिया बैंकको पनि चार सय रुपैयाँ अन्तिम मूल्यमा दुुई करोड २१ लाख २१ हजार चार सय ९२ रुपैयाँको सेयर किनबेच भएको छ । यी बाहेक प्रभुु बैंक, एनसीसी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie