नेपाल स्टक एक्सचेन्ज लिमिटेड र आशा लघुवित्तबीच सम्झौता

नेपाल स्टक एक्सचेन्ज लिमिटेड र आशा लघुवित्तबीच सम्झौता

काठमाडौं, फागुन २७ 
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र आशा लघुवित्त वित्तीय संस्थाबीच सम्झौता भएको छ । संस्थाले आफ्नो जारी गर्ने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको २० करोड ७४ लाख रुपैयाँ बराबरको २० लाख ४७ कित्ता साधारण सेयर सूचीकरण गर्ने विषयमा सम्झौता गरेको हो । सम्झौताअनुसार संस्थाको नियमित कारोबारको लागि सर्वसाधारणमा जारी गरिएको छ करोड ७४ लाख रुपैयाँ बराबरको छ लाख ७४ हजार र संस्थापकहरुले लगानी गरेको १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता समेत गरी कुुल २० करोड ७४ लाख रुपैयाँ बराबरको २० लाख ७४ हजार कित्ता सेयर सूचीकृत भएका छन् । सम्झौतामा स्टकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र संस्थाका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत बद्री प्रसाद दुुलालले हस्ताक्षर गरेका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie