सिद्धार्थ बैंकको एटीएम तथा पस टर्मिनलमा मास्टर कार्डको प्रयोग

सिद्धार्थ बैंकको एटीएम तथा पस टर्मिनलमा मास्टर कार्डको प्रयोग

काठमाडौं, फागुन २७
सिद्धार्थ बैंक विश्वव्यापी पहिचान भएको मास्टर कार्ड नेटवर्कको प्रमुख सदस्यको रुपमा आबद्ध भएसँगै मास्टर कार्ड नेटवर्कका मास्टर कार्ड, मेस्ट्रो तथा साइरस कार्डहरु सिद्धार्थ बैंकका कुनै पनि एटीएम र मास्र्टड कार्ड तथा मास्ट्रो कार्डहरु सिद्धार्थ बैंकका पस मेसिनमा प्रयोग गर्न सकिने जनाएको छ । सो बैंकले निकट भविष्यमा नै मास्र्टड कार्ड डेबिट तथा क्रेडिट कार्ड जारी गर्ने उल्लेख गरेको छ । बैंकले नगदरहित कारोबार प्रवद्र्धन गर्न हालै क्यास ब्याक योजना ल्याएको छ ।

त्यसैगरी उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न सात विभिन्न प्रकारका कृषि तथा लघु उद्यम कर्जाहरु ल्याएको छ । कार्डको माध्यमबाट गरिने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भेरिभाई बाई भिसा सेवा पनि ल्याएको छ । बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा पनि ल्याएको छ जसले गर्दा ग्राहकहरुलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ ।

सिद्धार्थ बैंकले हालसम्म एक खर्ब आठ अर्ब निक्षेप संकलन तथा एक खर्ब कर्जा प्रवाह गरेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभर एक सय ४३ वटा शाखा (तीन वटा एक्सटेन्सन काउन्टरसहित), ९९ शाखारहित बैंकिङ सेवा, एक सय ५१ एटीएम र १२ सयभन्दा बढी पस मेसिनमार्फत उच्चस्तरीय बैैंकिङ सेवा प्रदान गर्दै आएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie