सिटिजन्स बैंक र आईरिकबीच सम्झौता

सिटिजन्स बैंक र आईरिकबीच सम्झौता

काठमाडौं, फागुन २७
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र इन्डिपेन्डेन्ट रिर्सच एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालि (आईरिक) बीच सम्झौता भएको छ । दुुवै संस्थाबीच तालिम सञ्चालन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतापश्चात् सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिको लागि आईरिकले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिमहरु प्रदान गर्नेछ । यसका साथ आईरिकले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ ।

अब आउने निकट भविष्यमा पनि कर्मचारीहरूको वृत्ति विकासका निमित्त विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने कुरा बैंकले जानकारी दिएको छ । ‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पु-याउँदैै आएको बैंकले देशैभरि फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ एकाइहरुबाट करिब चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाइजस्ता कार्यहरूे छिटो–छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेशनल डलर कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie