एभरेष्ट बैंक २५ वर्षमा लगानीको २५ गुुणा प्रतिफल दिन सफल

एभरेष्ट बैंक २५ वर्षमा लगानीको २५ गुुणा प्रतिफल दिन सफल

काठमाडौं, फागुन २७
भारतको पञ्जाब नेशनल बैंकसमेतको साझेदारी रहेको एभरेष्ट बैंकले २५ वर्षमा लगानीको २५ गुणा प्रतिफल दिन सफल भएको जानकारी दिएको छ । बैंक सञ्चालक समितीका अध्यक्ष बिके श्रेष्ठले २५ वर्ष अघि स्थापना हुँदा लगानी गरेको १३ हजार पाँच सय रुपैयाँ अहिले २५ वर्षमा २५ गुुणा बढेर तीन लाख ४५ हजार आठ सय रुपैयाँ पुुगेको बताएका छन् । 
बैंकको समग्र वित्तीय अवस्थाका बारेमा जानकारी दिन शुुक्रबार आयोजित पत्रककार सम्मेलनमा अध्यक्ष श्रेष्ठले बैंकले हाल देशका सात वटै प्रदेशरुमा ९२ वटा शाखामार्फत १० लाखभन्दा बढी ग्राहकरुलाई अत्याधुुनिक बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको जानकारी दिएका छन् ।

यस अवधिमा बैंकले आफ्ना ग्राहकहरुलाई भारतभर रहेका पञ्जाब नेशनल बैंकबाट भुक्तानी लिन सक्ने सुविधा दिएको, इन्डो नेपाल रेमिट्यान्स सेवा उपलब्ध गराएको, भारतमा रहेका गोर्खा सैनिकहरुका लागि बहुआयामिक बचत कार्यक्रम ल्याएको समेत अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपतिनाथ, शंखमुल, पोखरा र भैरहवामा शवदाहगृह निर्माण गर्न लागेको तथा विभिन्न विद्यालयहरुमा अत्याधुनिक शौचालय निर्माणमा समेत आर्थिक तथा अन्य भौतिक सहयोग गरेको छ ।

बैंकले आफ्नो साझेदार बैंक भारतको पञ्जाब नेशनल बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुनिल मेहताको औपचारिक भ्रमणका लागि स्वागत गर्दै उक्त कार्यक्रमको आयोजना गरेको थियो । पञ्जाब नेशनल बैंक सन् १९४७ मा भारत पाकिस्तानको विभाजन भएपछि नयाँ दिल्ली आयो मूलतः यो बैंक लाहोरबाट आएका शरणार्थीहरुको बैंकको रुपमा आएको थियो, अध्यक्ष श्रेष्ठले भने । त्यसपछि यस बैंकले एक स्थापित बैंकको रुप लिँदै भारतभर विस्तार भयो र हाल यो भारत वर्षको दोस्रो ठूलो बैंकको रुपमा स्थापित छ ।

हाल पञ्जाब नेशनल बैंकको कारोबार १०.८४ लाख करोड (नेरु. १७.३४ लाख करोड) रहेको छ । यसका सात हजार वटा शाखाहरु रहेका छन् भने नौ हजार वटा एटीएम मेसिन रहेका छन् । पञ्जाब नेशनल बैंकको बृहत् सञ्जाल रहनुका साथै यस बैंकका १४ वटा तालिम केन्द्रहरु रहेका छन् । अध्यक्ष श्रेष्ठका अनुसार एभरेष्ट बैंकले २५ वर्ष अघि स्थापना हुँदा पञ्जाब नेशनल बैंकसँग संयुक्त लगानीकर्ता साझेदारको रुपमा हात बढाएको थियो । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie