मेगा बैंकका ग्राहकहरुलाई ह्याम्स अस्पतालमा छुट

मेगा बैंकका ग्राहकहरुलाई ह्याम्स अस्पतालमा छुट

काठमाडौं, फागुन २७
मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको मण्डिखाटारमा रहेको ह्याम्स अस्पतालले विशेष छुट दिने सहमति भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविनादेशराज श्रेष्ठ र ह्याम्स अस्पतालका अध्यक्ष आर एस भण्डारीबीच बैंकको मुख्य कार्यालय राइजिङ मलमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मेगाका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता पत्रमा उल्लेख छ । 

सम्झौताअनुसार मेगाका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ह्याम्स अस्पतालमा कुल बिलको १० प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी, औषधि खरिद गर्दा पाँच प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ । आकस्मिक रुपमा सडक तथा हवाईबाट उद्धार गर्नुपरेमा मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले प्राथमिकता दिने भएको छ । ह्याम्ससँगै मेगाका ग्राहकहरुलाई काठमाडौंको नर्भिक, ग्राण्डी, स्टार अस्पताल, गोल्डेन, ग्रीनसिटी, उच्चता, वयोदा, चिरायुलगायतका अस्पतालमा छुटका लागि यसअघि नै सम्झौता भइसकेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie