सेयर बजारमा सामान्य अंकले सुधार

शून्य दशमलव ९४ अंकले बजार उकालो लाग्दा नौ करोड ३८ लाखको कारोबार

काठमाडौं, फागुन २७
साताको सुरुवाती कारोबार दिन आइतबार सेयर बजार सामान्य सुधार देखिएको छ । यसदिन बजार परिसूचक शून्य दशमलव ९४ अंकले उकालो लागेर ११ सय २८ दशमलव ७१ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन शून्य दशमलव चार अंकले उकालो लागेर दुुई सय ४० दशमलव ११ अंकमा चढेको छ । यसदिन कुुल एक सय ४० कम्पनीहरुको कारोबार भएका छन् । जसअनुुसार एक हजार सात सय ३४ वटा कारोबारमा तीन लाख २२ हजार दुुई सय ४२ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम नौ करोड ३८ लाख ४२ हजार आठ सय ६१ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १० वटा समूहको कारोबार भएका छन् । जसअनुुसार चार वटा समूहको कारोबार सूचक उकालो लाग्दा छ वटा समूहको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव ३४ अंकले उकालो लागेर नौ सय ६४ दशमलव ५७ अंकमा सीमित रहँदा विकास बैंक समूहको सूचक पनि शून्य दशमलव ५३ अंकले उकालो लागेर १४ सय ३३ दशमलव ६७ अंकमा सीमित हुुन पुुगेको छ । होटल समूहको सूचक पनि पाँच दशमलव ५४ अंकले उकालो लागेर १७ सय २४ दशमलव छ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ३४ दशमलव ८८ अंकले उकालो लागेर पाँच हजार नौ सय ३८ दशमलव ६४ अंकमा सीमित हुुन पुुगेको छ ।

जलविद्युुत् समूहको सूचक भने शून्य दशमलव २६ अंकले ओरालो लागेर ११ सय ३२ दशमलव ८५ अंकमा झरेकोमा निर्जीवन बीमा समूहको सूचक पनि एक दशमलव सात अंकले ओरालो लागेर पाँच हजार चार सय ६३ दशमलव ५१ अंकमा सीमित हुुन पुुगेको छ । यसैगरी फाइनान्स समूहको सूचक पनि शून्य दशमलव ८९ अंकले ओरालो लागेर पाँच सय ९५ दशमलव ३२ अंकमा झरेकोमा लघुवित्त समूहको सूचक पनि एक दशमलव ५७ अंकले ओरालो लागेर १४ सय १० दशमलव ५४ अंकमा सीमित हुुन पुुगेको छ ।

यीबाहेक उत्पादनमूलक र अन्य समूहको कारोबार सूचक पनि क्रमशः पाँच दशमलव ४५ र एक दशमलव ६६ अंकले ओरालो लागेका छन् । यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सानिमा माई हाइड्रोपावर कम्पनीको सेयर मूल्य चार रुपैयाँ दुुई पैसाले बढेर दुुई सय ३३ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको प्रुुडेन्सीयल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य तीन रुपैयाँ ४६ पैसाले बढेर सात सय १८ रुपैयाँमा किनबेच भएको छ । यसैगरी गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, अरुण खोला जलविद्युुत् आयोजना आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको तिनाउ विकास बैंकको सेयर मूल्य पाँच रुपैयाँ ४८ पैसाले घटेर एक सय ५५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेशनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य चार रुपैयाँ ४७ पैसाले घटेर ६४ रुपैयाँमा किनबेच भएको छ । यि बाहेक रैराङ हाइड्रोपावर कम्पनी, देव विकास बैंक आदिको सेयर मूल्य पनि घटेका छन् । यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएका छन् । उक्त कम्पनीको प्रतिकित्ता ११ सय २० रुपैयाँमा एक करोड २३ लाख ३६ हजार सात सय २७ रुपैयाँको सेयर किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको अपर तामाकोशी हाइड्रोपावर कम्पनीको दुुई सय ३० रुपैयाँ अन्तिम मूल्यमा एक करोड एक लाख २६ हजार छ सय ९४ रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी एभरेष्ट बैंक, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेका अनुसार यसदिन आशा लघुुवित्त वित्तीय संस्थाको नियमित कारोबारका लागि २० लाख ७४ हजार कित्ता साधारण सेयर सूचीकृत भएका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie