ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता 

ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता 

काठमाडौं, फागुुन २६
ग्लोबल आईएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुबीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरुसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा त्रिवि, पनिकाका तर्फबाट परीक्षा नियन्त्रक सह–प्राध्यापक पुष्पराज जोशी र बैंकका तर्फबाट कीर्तिपुर शाखा कार्यालयका शाखा प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेकी हुुन् ।

सम्झौताअनुुसार त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले आफ्नो कार्यालयमा प्राप्त हुने आम्दानी, शुल्क तथा धरौटीबापतको रकमहरु दैनिकरुपमा सङ्कलन गर्ने, क्याम्पसको हकमा काठमाडौं उपत्यकालगायतका सम्पूर्ण शाखा कार्यालयबाट समेत जम्मा गर्न मिल्ने र विद्यार्थीहरुको हकमा बल्खुस्थित काउन्टरबाट जम्मा हुने तथा पनिकामा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा 

प्रदान गर्ने, नगद एवं चेक जम्मा लिनेलगायतका सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराउनेछ । विभिन्न सरकारी कार्यालयहरुको आर्थिक कारोबर बैंकमार्फत गर्ने गराउने सरकारको नीति अनुरुप ग्लोबल बैंकले देशभरका विभिन्न १५ वटा सरकारी कार्यालयहरुमा आफ्नो कार्यकक्ष स्थापना गरेर कारोबार सञ्चालन गर्दै आएको छ ।

हाल ग्लोबल आईएमई बैंकले विभिन्न सरकारी कार्यालयहरु, उद्योग विभाग, विभिन्न यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालयहरु, मालपोत कार्यालयलगायतका विभिन्न १५ बटा सरकारी कार्यालयमा आफ्नो सेवा प्रदान गर्दै आएको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले एक सय ३३ वटा शाखा, १५ वटा राजस्व सङ्कलन काउण्टर, एक सय ४२ एटीएम, नौ वटा एक्सटेन्सन काउण्टर तथा एक सय २० शाखारहित बैंकिङ सेवा र नेपालबाहिर तीन प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना १० लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा १५ लाखसम्मको विना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डनलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie