ज्योति लाइफ र ह्याम्स अस्पतालबीच सम्झौता

ज्योति लाइफ र ह्याम्स अस्पतालबीच सम्झौता

काठमाडौं, फागुुन २६
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र ह्याम्स अस्पतालबीच सम्भौता भएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवासुविधालाई ध्यानमा राखी ह्याम्स अस्पतालसँग स्वास्थ्य सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको हो । सम्झौतामा ज्योति लाइफका कार्यकारी उपप्रमुख प्रकाश बिक्रम खत्री र अस्पतालका अध्यक्ष आरएस. भण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् ज्योति लाइफमा आबद्ध निर्धारित मापदण्ड पूरा गरेका सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा सेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्ड बाहक तथा निजका परिवारका सदस्यहरुले ह्याम्स अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधि खरिदमा विशेष छुट प्राप्त गर्नेछन् ।

 सम्झौताले कम्पनीसँग आबद्ध सम्पूर्ण महानुभावहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको र आगामी दिनहरुमा अरु सेवा प्रदायक संस्थाहरुसँग सहकार्य गर्दै जाने योजना रहेको ज्योति लाइफले जानकारी दिएको छ । बीमितहरुको स्वास्थ्य उपचारमा विशेष सेवा योजना स्वरुप घातक रोग उपचार सेवासहितको बीमा योजना सार्वजनिक गर्ने पहिलो नेपाली कम्पनीको रुपमा ज्योति लाइफले आफ्नो छुुट्टै पहिचान बनाएको छ ।                     (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie