कारोबार रकममा सामान्य सुधार 

सातामा तीन दिन बजार उकालो लाग्दा ९७ करोड ९१ लाखको सेयर किनबेच

कारोबार रकममा सामान्य सुधार 

काठमाडौं, फागुुन २६
सेयर कारोबार रकम गत साताको तुुलनामा यो साता सामान्यरुपमा बढेको छ । यो साता धितोपत्र बजारमा एक सय ६८ कम्पनीहरुको १८ हजार नौ सय ५२ वटा कारोबार भएका छन् । जसअनुसार ३६ लाख एक हजार दुुई सय ३४ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ९७ करोड ९१ लाख ५६ हजार सात सय १४ रुपैयाँ पुुगेको छ । गत साता भने एक सय ६५ कम्पनीहरुको १८ हजार दुुई सय ८२ वटा कारोबार भएका थिए । जसअनुसार २८ लाख ८१ हजार आठ सय ७८ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ७९ करोड ९४ लाख ४८ हजार नौ सय ७९ रुपैयाँ पुुगेको थियो । 

सेयर बजार परिसूचक यो साता ११ सय २७ दशमलव ७७ अंकमा सीमित भएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई सय ३९ दशमलव ७२ अंकमा सीमित भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नियमित कारोबार कक्ष यो साता चार मात्र दिन खुल्ला रहेको थियो । सो पहिलो दिन बजार परिसूचक ओरालो लागे पनि अन्य तीन दिन भने सेयर बजार परिसूचक उकालो लागेको थियो । पहिलो दिन बजार परिसूचक चार दशमलव ९५ अंकले तल झरेर ११ सय दशमलव ५८ अंकमा पुुगेर रोकिँदा सेन्सिटिभ पनि शून्य दशमलव ९२ अंकले तल झरेर दुुई सय ३३ दशमलव ८८ अंकमा पुुगेर रोकिएको थियो । दोस्रो दिन नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । 

तेस्रो दिन भने बजार परिसूचक दुुई दशमलव छ अंकले माथि चढेर ११ सय दुुई दशमलव ६४ अंकमा पुुगेर रोकिएकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ३७ अंकले माथि चढेर दुुई सय ३४ दशमलव २५ अंकमा पुुगेर रोकिएको थियो । चौंथो दिन पनि सेयर बजार परिसूचक नौ दशमलव १२ अंकले माथि चढेर ११ सय ११ दशमलव ७६ अंकमा अंकमा पुुगेर रोकिएकोमा सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव तीन अंकले माथि चढेर दुुई सय ३६ दशमलव २८ अंकमा पुुगेर रोकिएको थियो । पाँचौं दिन पनि बजार परिसूचक १६ दशमलव एक अंकले माथि चढेर ११ सय २७ दशमलव ७७ अंकमा पुुगेर रोकिएकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४३ अंकले माथि चढेर दुुई सय ३९ दशमलव ७२ अंकमा पुुगेर रोकिएको थियो ।

बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा यो साता नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, अपर तामाकोशी हाइड्रोपावर कम्पनी, प्रभुु बैंक, एनआइसी एसिया बैंक आदि परेका छन् । सेयर कारोबार भएको संख्याको आधारमा भने साता नबिल बैंक, प्रभुु बैंक, अपर तामाकोशी हाइड्रोपावरलगायतका कम्पनीहरु देखिएका छन् । बजार पुँजीकरणका आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरु अगाडि परेका छन् । सेयर सूचीकरणतर्फ भने यो साता सेन्ट्रल फाइनान्सको छ लाख ६३ हजार आठ सय ४६ कित्ता बोनस सेयर सूचीकृत भएका छन् भने सप्तकोशी डेभलपमेन्ट बैंकको एक लाख ५२ हजार पाँचसय ५३ कित्ता बोनस सेयर सूचीकृत भएका छन् । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie