कोरोनापछि विश्व मानचित्रमा चीन शक्तिशाली हुँदै

कोरोनापछि विश्व मानचित्रमा चीन शक्तिशाली हुँदै

काठमाण्डौं,चैंत १४
जुन दिन हिरोसिमा र नागासाकीमा परमाणु बम खसालियो, त्यतिबेला महान वैज्ञानिक आइस्टानले भनेका थिए ‘आधुनिक विज्ञानले मानव सभ्यतामाथि चरम बेइमानी गरेको छ ।’ जुन उद्देश्यबाट उनले परमाणु शक्तिको आविष्कार गरेका थिए, त्यस्को ठीकविपरीत कार्यमा त्यसको प्रयोग भएको देख्नपरेकोमा उनी अत्यन्तै दुःखी र विक्षिप्त बनेका थिए । विकास जब मानवताविरोधी काममा खर्च हुन्छ, मानवीय प्रगति जब प्रकृतिविरुद्धमा उपयोग हुन्छ, त्यसको समुल सतह भत्काउन प्रकृति आफैँ लाग्छे । जब–जब धरतीमाथि मानवीय अत्याचार फैलिन्छ अनि प्रकृति आफैँ उपस्तिथि भएर त्यस्को हिसाबकिताब मिलाउँछिन् । मान्छे त एउटा कारकमात्रै हो कार्य प्रकृतिले नै गरिरहेकी हुन्छिन् । हुन त अहिलेको युग भावुकता र सम्वेदनाको युग होइन यो तथ्य र प्रमाणको युग हो, तर धरतीमाथि जन्मेको मान्छेभित्र मुटु पनि छ संवेदनशीलता छ आँसु छ र यसले बग्ने बाटो खोज्छ कहिलेकाहीँ । यदि तथ्य नै जिन्दगी थियो र भौतिकता नै सर्वश्व थियो भने किन मान्छेभित्र आँशुको दह हुन्थ्यो होला र ? सबै कुरो तथ्य थिएन, सबै कुरो भौतिक उन्नति थिएन, सबै कुरो शासन सत्ता थिएन, सबै कुरो मोजमस्ती पनि थिएन । यदि तथ्य र भौतिकता नै सबैथोक थियो भने यो चञ्चल विश्व जगतमा कहिले पनि घाम नअस्ताउने देश ग्रेट ब्रिटेन आज किन खुम्चिएर रोपनीमा र हेक्टरमा परिणत भएको छ त ? आज विश्व मेरो हो भन्ने अमेरिकाजस्तो शक्तिशाली देशलाई एउटा सामान्य कोरोना भाइरसले रुवाइरहेको छ ? शताब्दी पहिले कोही शक्तिशाली थिए र आज अर्कै छ भोलि अर्कै शक्तिशाली हुनेछ । शक्तिको मादमा उफ्रिनु आफैँमा सक्किनु हो । मध्यपूर्वमा तेलका लागि अमेरिकाले आफ्नो जुन अहंकार प्रदर्शन गरिरहेको छ अन्ततः त्यो एकदिन निस्तेज हुने नै छ । कोरोनाको विश्वव्यापी महामारी सेलाउन नपाउँदै चीन विश्वको शक्तिशाली देशका रूपमा परिणत हुँदै छ । चीनको गर्भभित्र कोरोनाको अचुक औषधि निर्माण हुँदै छ यस्ले विश्वलाई नै कोरोना आतङ्कबाट मुक्त दिलाउँदै छ । विश्व बजारमा चाइनाको उपस्थितिले कायापलट ल्याउँदै छ । त्यसका तथ्यहरू विश्वसामु देखिसकेका छन् र देखिँदै जानेछन् । अमेरिकाको देखावटी प्रजातन्त्र र मानवअधिकारभन्दा चीनको एक देश एक नीति र कम्युनिजम शासन व्यवस्था धेरै प्रगतिशील छ । देखाउने डेमोक्रेसीले अब हुनेवाला केही छैन ।इतिहासकै कुरा गर्दा सन् १८८७ ताका जापानले चीनमा युद्ध आतङ्क मच्चाइरहेको थियो । चिनियाँ जनताले त्यतिबेला पाएको दुःख र पीडाको बयान कुनै शब्दबाट पनि हुँदैन । त्यतिबेला जनता यसरी भोकमरीमा परेका थिए कि उनीहरूले नखाने भन्ने कुरा केही रहेन । जनताको दुःख देखेर जसरी नि बाच्नुपर्छ भन्ने निति बनायो उसले र बादर देखि भ्यागुतासम्म चील, हुचिलदेखि सर्पसम्म खान सिके चाइनिजहरूले । चिनियाँ कोमिन्ताङका तात्कालिक अध्यक्ष थिए च्याङकाइ सेक । उनी कम्युनिष्टविरोधी थिए । चीनको उत्तरी भू–भागमा च्याङ काइ सेकको भन्दा माओत्सेतुङको वर्चस्व थियो । च्याङ काइ सेकलाई भने अमेरिकी समर्थन थियो । किनकि अमेरिका कम्युनिष्टविरोधी शासकलाई मन पराउँथ्यो । दोस्रो विश्वयुद्धपछि कोमिङताङ सरकारको पतन भयो र च्यांकाइसेक भागेर ताइवानको रास्ट्रपति भए ।

त्यो चाइनाकै एक प्रान्त थियो र अहिले पनि छ ।अब माओत्सेतुङ सत्तासीन भए । चिनियाँ कम्युनिष्ट पार्टीको अध्यक्ष भएपछि उनले कृषिप्रधान चिनियाँ जनतालाई व्यापक समर्थन र साथ दिएका थिए । दोस्रो विश्वयुद्धको अन्त्यपछि साम्राज्यवादी देशहरू जर्मन, फ्रान्स, बेलायत अमेरिका आदि देशका समर्थनमा पनि विरोधाभाषको स्थिति पैदा भयो । विश्व मानचित्रबाट बेलायतको सर्वोच्च शक्ति खोसिएको थियो र त्यो शक्ति अमेरिकाले लियो । आजको दिनसम्म पनि त्यो सामथ्र्य अमेरिकीहरूसँगै छ । भारतीय उपमाहाद्वीपमा बेलायती कब्जा अर्थात् उपनिवेश लामो समयसम्म कायम रह्यो । बेलायतको दबदबा भारत हुँदै चीनसम्म व्यापक थियो । चाइनिजहरूमाथि आफ्नो प्रभुत्व कायम गर्न चाहन्थे बेलायतीहरू । १८४२ मा चाइनासित अफिम व्यापार गर्न भनी ५० लाख पाउन्डमा बेलायती सरकारले हङकङ किनेको थियो । बेलायती उपनिवेशबाट हङकङ स्वतन्त्र भएको आज २० वर्ष मात्रै भएको छ । चीनका थुप्रै व्यापारिक बन्दरगाहमा बेलायतले कब्जा जमाएको थियो । त्यसबेलाका शक्तिशाली राष्ट्र फ्रान्स जर्मन बेलायतले दक्षिणपूर्वी एसियाली देशहरूमा आफ्नो उपनिवेश जमाएर बसेका थिए । त्यो उपनिवेशको केही गन्ध अझैसम्म पनि यो दुनियाँमा कायम नै छ ।अमेरिका मध्यपूर्वमा आफ्नो उपनिवेश कायम गर्न चाहन्छ । आफ्नो स्वार्थका लागि आतङ्ककारी पाल्न र पोस्न पनि चाहन्छ । तर, चीन मात्रै यस्तो देश हो जसले आतङ्ककारीलाई कहिले भरणपोषण गरेन । इतिहासमा धेरै दुःख पाएको चीनले आज विश्वलाई देखाइरहेको छ आफ्नो प्रगतिविना घमण्ड । चीन इतिहासकै स्वतन्त्र देश हो भलै उसका केही भाग थोरै समयका लागि उपनिवेशमा परे पनि उसले आफ्नो अक्षुन्ड सार्वभौमसत्ता जोगाउने सामथ्र्य देखायो । आज स्वतन्त्र तिब्बत भनेर उफ्रिने तिब्बती जनताको प्रगतिका लागि चीनले आफ्नो सर्वश्व पसिना खन्याइरहेको छ । तिब्बत चीनकै हो । आफ्नो शरीरको कुनचाहिँ अङ्ग चोइटिएर भाँचिएर गएको देख्न चाहन्छ र मानिस पनि । त्यस्तै हो एउटा स्वायत्त देशले आफ्नो भूमि खोसिएको देख्न चाहँदैन । तिब्बतको भलाइबाट चीनविरोधी गतिविधि सञ्चालन गर्ने दलाइ लामा भागेर भारतमा निर्वासित छन् । भन्न त उनले आफूलाई बुद्धका अनुयायी या अवतार भनेका छन् तर उनी विल्कुलै राजनीतिक कार्यकर्ता हुन् त्यो पनि अमेरिकाको । बुद्धका अनुयायीले राजनीति गर्दैनन् । बुद्धले राजनीति गरेका थिएनन् । राजनीति गर्नुपर्छ भनेर नै दरबार त्याग्ने बुद्धले राजनीतिलाई भन्दा शान्तिलाई समर्थन गरेका थिए ।चीन राजनीति कम काम (विकास) ज्यादा गर्ने देश हो । अमेरिका काम कम तर राजनीति ज्यादा गर्ने देश हो । अबको संसार उत्पादन र वितरण अनि सेवामा विश्वास राख्छ । चीनले यही नीति लिएको छ । कोरोनाको भाइरसलाई लिएर चीन र अमेरिकाबीच अहिले बैमनस्यता वाकयुद्ध कायम भएको छ । ट्रम्पले भनेजस्तो कोरोना भाइरस चीनको हो भनेर कसरी भन्नु ? किनभने रोग यसको र त्यसको भन्ने हँुदैन । कोरोनाकै कारण अब चाइनाले प्रगतिको त्यो चुचुरो छँुदै छ, जहाँ यो विश्व कोही पुग्ने सामथ्र्य राख्न सक्तैन । नेपालको लागि चाइना छिमेकी देश हो । हाम्रो भूमि चीनसँग जोडिएको छ । भनिन्छ टाढाको देवता करसाको भूत । चीन हामीसँगै छ । हाम्रो दुःखमा चाइना दुःखी हुन्छ ऊ कहिले रमाउन जान्दैन । अमेरिकाले थुप्रै नेपालीहरूलाई शरणार्थीका रूपमा पाले पनि हामी उसलाई नजिक राख्न सक्तैनौ भूगोलको हिसाबले पनि । दुई विशाल देश भारत र चीनको बीचमा हामी सार्वभौम बाचिँरहेका छौ । जसरी काँडामा फूल्छ फूल र सुरक्षित रमाउँछ पनि । अमेरिकाको मायाभन्दा चीनको छाया नै हामीलाई प्यारो लाग्छ । त्यो छायाले हाम्रो दुःखको झरीमा कमसेकम ओत त दिन्छ ।

आज विश्वले कोरोना भाइरसको भयावह महामारी खेपिरहेको छ । तेस्रो विश्वयुद्ध जैविक हतियारबाट सुरु हुने भाविस्यवाणी गरेको थियो हिजोको विज्ञानले कतै त्यही परिस्थितिमा पुग्ने त होइन यो विश्व भन्ने शंका उब्जिन थालेको छ । चाइनाबाट सुरु भएको यो महामारीलाई चाइनाले नै किनारा लगाउनेछ । कोरोनापछिको चाइनाको अर्थराजनीति विश्वले मान्न लायकको हुनेछ ।कोरोनाको अक्रान्त भयावह छिटै अन्त हुनेवाला छैन । अब यसले विस्तारै राजनीतिक रूप धारण गर्नेछ । यो उत्पत्तिको देश चाइनालाई नै यसको निर्मुल पार्नुपर्ने बाध्यता छ । यसकै कारणले पनि चाइना विश्वको हिरो हुनेछ । भलै उसले सोचेको ६ प्रतिशत आर्थिक वृद्धिदर २०२० मा नपुग्ला तर २०२१ पछि विश्व अर्थ व्यवस्थामा चाइनाले विशाल फड्को मार्नेछ किनभने हिजोको दुःख र भोकमरी देखेको छ उसले र उसलाई इतिहासले पनि व्यापक सिकाएको छ । चाइना रातारात प्रगतितर्फ लम्किरहेको छ । हाम्रो पनि व्यापक समर्थन छ चीनलाई । उसको प्रगतिबाट हामीले पनि सिकिरहेका छौँ ।

प्रतिकृया दिनुहोस


Techie