लक डाउन उल्लङ्घन गर्ने सवारीसाधन पक्राउ

काठमाडौं, चैत १३
कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लक डाउन उल्लङ्घन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । अटेर गरी लक डाउन उल्लङ्घन गरी सञ्चालन गरेका तीन सय दुुई सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए । साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काइएको छ । अत्यावश्यक सेवा र पासका सवारीसाधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ । (आर्थिक दैनिकबाट)

 

 

 

प्रतिकृया दिनुहोस



विविध

Techie