२०७६ मंसिर ६
राजस्व सचिव शिशिरकुमार ढुंगानाले कर तथा भन्सारमा देखिएका समस्या नीतिगतरूपमा समाधान गरिने बताएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा नेपाल उद्योग परिसंघमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले करको संरचनागत सुधारका प्रयासहरू भइरहेको जानकारी गराउँदै राजस्व परिचालनमा सरकार र निजी क्षेत्र सँगसँगै रहनु पर्ने बताए ।