बेबी शेरामी र कुमारिका ब्राण्ड बजारमा

बेबी शेरामी र कुमारिका ब्राण्ड बजारमा

काठमाडौं, फागुन २५

हजुरलाई नमस्ते टे«डर्स प्रा.लि.ले कपाल र बालबालिकाको हेरचाहका लागि कुमारिका र बेबि शेरामी ब्राण्डका उत्पादन नेपाल भित्रिएको छ । शुक्रवार काठमाडौंमा भएको एक कार्यक्रममा पूर्व प्रधानमन्त्रीतथा नेकपा बरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यमा ति उत्पादन सार्वजनिक गरिएको हो । कार्यक्रममा हेमाज म्यानुफ्याक्चरिङ प्रालिका निर्देशक रोय जोसेफको पनि उपस्थिति थियो । श्रीलङ्कामा ७० वर्ष यातायात, स्वास्थ सेवा र अन्य क्षेत्रमा काम गर्दै आईरहेको कम्पनी हेमाज होल्डिङ्ग पिएलसी हो, श्रीलङ्कन संगठनको रुपमा कार्य गर्दे आएको छ । मेनुफ्याकचरिङका उत्पादनहरुमा स्याम्पु, लोसन, साबुन, कोलोन, क्रिम, मन्जन, माउथवास बडि वास छन् ।

त्यसका अलवा, हेयर केयरमा स्याम्पु, ओइल, कन्डिसनर सिरम छन् साथै कम्पनीले महिला तथा पुरुषकालागि परफ्युम पनि उत्पादन गर्दै आईरहेको छ् । कम्पनीले स्यानिटरी न्यापकिन्सको पनि उत्पादन गर्दै आईरहेको छ ।कुमारिका ब्राण्डको हर्बल तेल एक नरिवलको तेल हो जुन प्राकृतिक जडिबुटीहरु मिलाई तयारी गरिएको छ । फ्रान्सेली बहुराष्ट्रिय कम्पनीको सहकार्यमासन् १९६२ मा शुुरुवात भएको यस कम्पनीका उत्पादनहरु माल्दिभ्स, लेबनान, मलेशिया, भारत, यूके, पाकिस्तान, बङ्गलादेश, अष्ट्रेलिया, न्यूजिल्याण्ड जस्ता देशहरुमा निर्यात भइरहेका छन् ।(आर्थिक दैनिक बाट)

प्रतिकृया दिनुहोस


Techie