टिकेन सेयर बजारको उच्च वृद्धिदर

झण्डै १३ अंकले बजार घट्दा १६ करोडको सेयर कारोबार

काठमाडौँ, फागुन ९
अघिल्लो दिन २२ अंकले बढेको सेयर बजार परिसूचक साताको चौंथो कारोबार दिन बुुधबार पुुनः ओरालो लागेको छ । यसदिन बजार परिसूचक १२ दशमलव ७२ अंकले ओरालो लागेर ११ सय १२ दशमलव २३ अंंकमा सीमित हुुन पुुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ५७८ अंकले ओरालो लागेर दुुई सय ३६ दशमलव ३४ अंकमा सीमित हुुन पुुगेको छ । यसदिन एक सय ६२ कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार तीन हजार छ सय ८९ वटा कारोबारमा छ लाख ८१ हजार एक सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा १६ करोड ६१ लाख ७३ हजार छ सय २८ रुपैयाँको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १० वटा समूहको कारोबार भएका छन् । जसअनुुसार उत्पादनमूलक समूहको सूचक आठ दशमलव ६९ अंकले बढेर दुुई हजार तीन दशमलव दुुई बिन्दुुमा चढे पनि बाँकी समूहको सूचक उच्च अंकले ओरालो लागेका छन् । यीमध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ७१ अंकले ओरालो लागेर नौ सय ५१ दशमलव ९५ अंकमा सीमित रहँदा विकास बैंक समूहको सूचक १३ दशमलव ४२ अंकले ओरालो लागेर १४ सय १७ दशमलव २१ अंंकमा सीमित हुुन पुुगेको छ । जलविद्युुत् समूहको सूचक पनि २० अंकले ओरालो लागेर ११ सय १८ दशमलव ९० अंकमा सीमित रहँदा लघुवित्त समूहको सूचक पनि १९ दशमलव ३३ अंकले ओरालो लागेर १४ सय दुुई दशमलव २७ अंकमा सीमित हुुन पुुगेको छ ।

यसैगरी निर्जिवन बीमा समूहको सूचक पनि एक सय पाँच दशमलव ४५ अंकले ओरालो लागेर पाँच हजार तीन सय ३२ दशमलव १० अंकमा सीमित रहँदा जीवन बीमा समूहको सूचक एक सय ६७ दशमलव ८३ अंकले ओरालो लागेर पाँच हजार पाँच सय ९३ दशमलव एक अंकमा सीमित हुन पुुगेको छ । यीबाहेक होटल, फाइनान्स र अन्य समूहको कारोबार सूचक पनि क्रमशः सात दशमलव ८३, शून्य दशमलव ३१ र १९ दशमलव ३३ अंकले घटेका छन् । यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ८४ पैसाले बढेर पाँच सय ४७ रुपैयाँमा किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको श्रीराम सुुगर मिल्सको सेयर मूल्य पनि नौ रुपैयाँ ४० पैसाले बढेर एक सय ६३ रुपैयाँमा सेयर किनबेच भएको छ । यीबाहेक जेबिल्स फाइनान्स, पूर्णिमा विकास बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सामुुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पाँच रुपैयाँ ४० पैसाले घटेर सात सय ८७ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पाँच रुपैयाँ ३८ पैसाले घटेर पाँच सय ४५ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक मिर्भिरे माइक्रोफाइनान्स वित्तीय संस्था, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन पनि अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएका छन् । उक्त कम्पनीको प्र्रतिकित्ता दुुई सय २४ रुपैयाँ अन्तिम मूल्यमा ८९ लाख ३५ हजार पाँच सय २० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नबिल बैंकको संस्थापक सेयरतर्फ प्रतिकित्ता सात सय ४७ रुपैयाँ अन्तिम मूल्यमा ७९ लाख ७५ हजार आठ सय ८९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नबिल बैंक, एनएमबी बैंक नागरिक लगानी कोष आदिको पनि बढी रकम कारोबार भएका छन् । 

प्रतिकृया दिनुहोस


Techie