माछापुच्छ्रे बैंक र चिरायु नेशनल अस्पतालबीच सम्झौता

माछापुच्छ्रे बैंक र चिरायु नेशनल अस्पतालबीच सम्झौता

काठमाडौं, फागुुन ९
माछापुच्छ्रे बैंक र चिराय नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्यले हस्ताक्षर गरेका हुुन् । सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले चिरायु नेशनल अस्पतालका सेवाहरुमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । चिरायु अस्पतालले आफ्नो स्थापनाकालदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु लगायत ६२ शाखा रहित बैंकिङ सेवासमेत गरी जम्मा एक सय ५५ स्थानबाट ग्राहकहरुमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर एक सय १५ वटा एटीएमहरु सञ्चालनमा रहेको छ । 

प्रतिकृया दिनुहोस



विविध

Techie