कोरोनाको कहरः अस्वस्थ पुँजीवादी प्रतिस्पर्धा

कोरोनाको कहरः अस्वस्थ पुँजीवादी प्रतिस्पर्धा

काठमाण्डौं,चैत १८
नेपाल मात्र होइन कोरोनाको कारण पूरै विश्व लकडाउनको अवस्थामा छ । यो भाइरसको कारणले आर्थिक सामाजिक र मनोवैज्ञानिक रूपमा विश्वलाई हल्लाइ रहेको छ । यो कोरोनाले धनी–गरिब, जात–पात र देश भनेको छैन । झट्ट हेर्दा, सङक्रमितको संख्या युरोप र अमेरिकाजस्ता आधुनिक जीवनशैली भएका देशहरूमा वढी र नेपाललगायत अल्पविकसित मुलुकमा कम देखिएको छ । कोरोना भाइरसको संक्रमण प्रत्येक व्यक्तिको रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमतामा निर्भर हुने भएकोले फरक भूगोल र वातावरणमा व्यक्ति विशेषमा यसको असर पृथक देखिएको छ । चीनको वुहान सहरमा उद्गम मानिएको यो कोरोना भाइरस (कोभिड–१९) को माहामारी १०० दिन भित्रमै विश्वभर फैलनुमा मूलतः विश्वव्यापी हवाइ यातायात सञ्जाल, लाखौँ मानिसको मुलुकमा सीमावारपार आवागमन र पर्यटन कारण वन्यो । अहिले विकसित विश्वव्यापी सञ्जालहरू मानिसका व्यवसाय र जीविकोपार्जनका आधार बनिसकेकोले तिनलाई नियन्त्रण र बन्देज गर्न असम्भव भयो । त्यही कारण कोरोना भाइरसको महामारीले यति छिटो विश्व ढाक्यो ।आज अर्बौं मानिसको निन्द्रा हराएको छ । कोरोना भाइरसको महामारीले मानवजातिकै अत्यन्त खराब सत्रुका रूपमा उपस्थित छ, यो भाइरस । अन्य कुनै कारण नभएर कोरोना मानव सिर्जित महाभारी हो । एउटा प्रतिवेदनअनुसार, जनवारबाट मान्छेमा सर्ने सरुवा रोगका कारण संसारमा वर्सेनि १० लाखभन्दा बढी मानिसको मृत्यु हुने गर्छ । ‘प्लस वान’ जर्नलमा प्रकाशित लेखका अनुसार सन १९८० देखि २०१३ सम्म विश्वमा दुई सय १५ वटा महामारी फैलिएका थिए । जसले विश्वभर साढे ४ करोड मानिसलाई संक्रमितबनाएको थियो ।तीमध्ये ६० प्रतिशत भन्दा बढी रोगहरूको उत्पत्ति स्रोत जनावर थिए र जसमध्ये दुई तिहाइ रोगहरू जंगली जनावरमा पाइने व्याक्टेरिया, भाइरस लगायतका जीवाणुका कारण मानिसमा सरेका थिए । मानिसका अनौठा सोख र उपभोगका कारण वन्यजन्तुसँग मानिसको बढ्दो हिमचिम र वनविनाश लगायतका वन्यजन्तुको वासस्थानमा आएको ह्रासका साथै जलवायु परिवर्तनका कारण वन्यजन्तुबाट मानिसमा रोग सर्ने वातावरण बनिरहेको छ ।

कोरोना भाइरस (कोभिड–१९) विश्व आर्थिक र राजनीतिक ग्लोबलाइजेसन (वैश्वीकरण) को उपज हो । अस्वस्थ पुँजीवादले ल्याएको महत्वपूर्ण संकट उपभोगवादी चरित्र हो । यसले पछिल्लो समयमा पुँजको चरित्रलाई अधिकतमरूपले उपभोगवादी बनाइदिएको छ । उपभोगवादी चरित्रले मानवीय जीवनका मूल्य, मान्यता, आदर्श सस्कार सबैलाई ध्वस्त पार्दै मान्छेलाई खेलौना बनाइदिएको छ । अतिरिक्त आय आर्जन र उपभोगका लागि मानव जातिले गर्दै आएका अस्वस्थ पुँजीवादी प्रतिस्पर्धाले यसप्रकारका सङ्कट निम्त्याउँदै छ । सौखिनहरूले संसार बनाउनेभन्दा पनि बिगार्ने काम गरेका छन् । एड्स अप्राकृतिक यौन सम्पर्कको परिणाम हो । यो रोगले संसारका लाखौ मानिसको ज्यान लिएको छ ।तर, पनि पुँजीवादी विश्वबजारमा यौन पैसाको लागि नाफामूलक व्यापार भएको छ । उपभोक्तावाद ग्लोबलाइजेशनको चरम अभिव्यक्ति हो । आजको सङ्कट ग्लोभलाइजेशनको परिणाम हो । प्रकृतिमाथिको अतिक्रमण र आक्रमणबाट उत्पन्न महामारी हो ।पुँजीवाद आफ्नो नाफा बढाउनको लागि कुनै मान्यता र आवश्यकता विना तथा सामाजिक फाइदाको मतलब नगरिकनै अराजकतावादी उत्पादनमा लाग्छ । यसले आफ्नो उत्पादन बढाउदै जान्छ । सम्पूर्ण नाफा केही पुँजीवादी कम्पनीसँग मात्र केन्द्रित हुन्छ । कामदारहरू आफ्नो उपभोगका लागि नभएर मालिककालागि उत्पादन गर्छन । जब कुनै पनि वस्तुको उत्पादन प्राकृतिक हिसाबले नभई अप्राकृतिक हिसाबले हुन्छ । त्यस्ता उत्पादन बढी त हुन्छ तर ती विषक्त हुन्छ र मानव स्वस्थ्यमा गम्भीर असर पर्ने खालका हुन्छन् । त्यस्ता वस्तुको उपभोग गर्दा मानिसमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । अनिविभिन्न भाइरसले आक्रमण गर्दछ । केभिड–१९ कोरोना भाइरस माहामारी यसैको उपज हो ।आज विश्वमै कृषि उत्पादन बढाउन प्रयोग हुने रोग किरानाशक, कीटनाशक, झारनाशक, ढुसीनाशक गरी मुख्यतः चार प्रकारका औषधि प्रयोग गरिएको छ । विश्व पर्यावरण प्रतिवेदन २०१९ अनुसार संसार भरी गत वर्ष २५ लाख ५० हजार टन विषादी खेतीबारीमा प्रयोग भएको छ । तर, डरलाग्दो तथ्य के छ भने यसरी रोग तथा कीरा नियन्त्रण गर्न प्रयोग गरिने विषादीमध्ये ९८ प्रतिशतले हावा, पानी र माटो प्रदूषित गर्छन । ६ ठूला कम्पनीले संसारको ७५ प्रतिशत विषादी उत्पादन गर्छन । खाना मानव जीवनको अपरिहार्य तत्व हो । जसविना मानव जीवनको अस्तित्वको कल्पना गर्न सकिँदैन यो स्वच्छ र मिसावट रहित नभए हाम्रो शरीरमा अनेक समस्या देखा पर्छन । यसै सन्दर्भमा एउटा मननीय भनाइसमेत छ– खानालाई औषधिका रूपमा सेवन गर, अन्यथा औषधि नै खानका रूपमा खानु पर्छ तर अहिले खाइरहेको वस्तुले हामीलाई हित गरिरहेको छ कि हानी ? पक्कै पनि हामीलाई ती वस्तुले हानी गरिरहेको छ । जब हामी त्यस्ता वस्तु सेवन गछौँ हामीसँग सामान्य रोगसँग लड्ने क्षमता गुमाउछौंँ । अस्वस्थ पुँजीवादी प्रतिस्पर्धाले मानिसहरूको स्वास्थ्य बिगारेर औषधि उत्पादन गरी त्यसलाई बिक्री गरी थप धन कमाउने योजना बनाउँछ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी संकटकालको घोषणा गरेको छ । अहिले धन र शक्तिले काम गरिरहेको छैन । औषधी विज्ञानको क्षेत्रमा आपूmलाई अब्बलठान्ने अमेरिका, युरोप लगायतका देशहरूलाई पराजित गरेको छ कोरोना भाइरसले । आज कोरोना भाइरसको प्रकोप अघि–अघि छ भने विज्ञान पछि–पछि छ । अनेक प्रयास गर्दा गर्दै पनि अहिलेसम्म यो भाइरसको भ्याक्सिन पत्ता लाग्न सकेको छैन । कोरोना भाइरसको वंश पत्ता लागेको छैन । स्टेफन हकिन्सले जीवनको अन्तिम क्षणमा वंश परिवर्तन गरेका नयाँ जीवाणुले विश्व मानवजातिको संहार गर्नसक्छ भन्ने कुरा अनुमान गरेका थिए । त्यो सत्य साबित हुँदै छ कि ? यसले कतिको ज्यान लिन्छ यसै भन्न नसकिने अवस्था छ ।नेकपा नेता दिननाथ शर्मा केही विचारहरूलाई सापटी लिँदै भन्नुपर्दा मानवजातिको रक्षा मानवताकोएकताभित्र मात्रै सम्भव छ भन्ने शिक्षा दिएको छ । उनले भनेका छन्, ‘विगत इतिहासको लामो कालखण्डमा धेरै धर्म युद्धहरू भए । नरसंहारका औजार बने सबै धर्महरू अहिले पनि तिनीहरूका वाछिटा देखिँदै छ । धार्मिक प्रतिद्वन्द्वीको भावनाले मानवजातिको रक्षा गर्न सम्भाव छैन । रोमवासीको जीवनरक्षाका लागि पोपले गरेको प्राथना सुनेको छैन, कोरोना भाइरसले । यशु, अल्लाह र ईश्वरबाट रक्षा ह्ुन सम्भाव छैन आधुनिक विश्वको । यो केवल आस्था मात्रै हो । भौतिक नियमको पालना नगर्दाको परिणाम हो । प्रकृतितिरफर्केर क्षमा माग्नुपर्छ । उपभोक्तावादले र विश्वास गर्नुपर्छ, प्रकृतिलाई । कोभिड–१९ जस्ता महामारीलाई सामना गर्ने उपचार विधि पनि प्रकृतिकै गर्भमा छ भन्ने बिर्सनु हुन्न ।’ बन्दुक र वैमवको आडमा विश्व महाशक्ति बनेका देशहरूको दम्भ कोरोनासँग चकनाचुर भएको छ । विश्वमा मानिस अहिले बाँच्नकै लागि एक किसिमले युद्ध लडिरहेका छन् । तर, यो युद्ध देश देशबीच वा मानिस–मानिसबीच नभई मानिस र प्रकृतिबीचको हो । आपूmमात्र बाँच्ने स्वार्थले प्रेरित मानिसले प्रकृतिको अतिदोहन गरेको र प्रकृतिका अन्य जीवका लागि बाँच्ने अवसर बिगार्दै गएकाले प्रकृति अहिले मानव भन्ने जातिलाई नै डाइनोसर बनाउने सुरमा छ कि भन्ने बुझाइ पनि कतिपय चिन्तकहरूको छ ।अन्त्यमा मानवशास्त्री डा.मेरी डेसेनले भनेजस्तै जब सिङ्गो पर्यावरणीय प्रणाली स्वस्थ हुन्छ अनि मात्रै मानिस र मानव समाज स्वस्थ हुन सक्छ । प्रकृतिको समृद्धिसँग हाम्रो समृद्धि जोडिएको छ । पश्चिमा पुँजीवादको विचारभन्दा फरक प्रकृतिको सुक्ष्म जीवसम्म जोगाउने फरक दृष्टिकोण अपनाउनु पर्छ । हामी प्रकृतिका उपज र अंग हौ । हामी प्रकृतिभन्दा माथि पनि होइन र बाहिर पनि होइन । आज हामीलाई अस्वस्थ पुँजीवादी प्रतिस्पर्धाको व्यवस्था होइन प्रकृतिलाई पनि माया गर्ने समाज व्यवस्था चाहिएको छ । त्यो हो पर्यावरणीय समाजवाद जब हामी पर्यावरणीय समाजवाद अगाल्छौँ तब यस्ता महामारीले विश्वलाई छुन सक्दैन । (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस


Techie